लन्डन । नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ बेलायतको विश्व प्रसिद्ध रोयल अल्बर्ट हलमा पहिलो पटक हुन लागेको नेपाली सांगीतिक कार्यक्रममा सहभागी हुन वरिष्ठ कलाकारहरुको टोली शनिबार दिउँसो लण्डन आइपुग्ने आयोजकहरुले जनाएका छन्।
“दिल्लीबाट भिसा संकलन गर्न केही ढीला भएकाले कलाकार टोली काठमाण्डौबाट उडन ढिला भएको हो। उहाँहरु आजै राती कतार वायुसेवाबाट प्रस्थान गर्दै हुनुहुन्छ र भोलि दिउँसो १२ बजे हिथ्रो आइपुग्ने कार्यक्रम छ,” कार्यक्रम आयोजक हेल्प नेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले भने ।
सांगीतिक टोलीका एकजना सदस्य तथा गत साता नै लण्डन आइपुगेका चर्चित गायक योगेश्वर अमात्यले आइतबार रोयल अल्बर्ट हलमा हुन लागेको साँगीतिक कार्यक्रमको तयारी सन्तोषजनक ढँगबाट अघि बढिरहेको बताए । उनले कार्यक्रमप्रति बेलायत तथा युरोपबाट पनि गैर आवासीय नेपाली जनसमुदायले देखाएको माया र उत्साहप्रति आभार व्यक्त गरे ।
गोर्खा जिल्लाका भूकम्प पीडितहरुको सहयोगार्थ हेल्प नेपाल नेटवर्क युकेले पर्सी आइतबार (जुन २८ तारिख) आयोजना गर्न लागेको कार्यक्रमको टिकट रोयल अल्बर्ट हलको फोन नं 0207 589 8212 मा फोन गरेर किन्न सकिन्छ।
यसबाहेक http://www.royalalberthall.com/tickets/an-evening-for-gorkha/default.aspx मा गएर अनलाइन पनि किन्न सकिनेछ । टिकट विक्रीबारे थप जानकारी www.facebook.com/helpnepal.net मा गएर पाउन सकिन्छ।
सो कार्यक्रममा नेपाली सांगीतिक जगतका चर्चित व्यक्तित्वहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापा मगर,जेम्स प्रधान, सुजील कर्माचार्य, तुष्णा गुरुङ लगायतले सांगीतिक प्रस्तुति गर्नेछन् ।
“रोयल अल्बर्टहलमा गर्न लागिएको यो कार्यक्रम सबै नेपालीहरुकालागि इज्जत र प्रतिष्ठाको विषय हो। सो सांगीतिक कार्यक्रममा प्रत्यक्ष सहभागी भै भूकम्प पीडितहरुको आँशु पुछ्न हौसला बढाइदिन हामी नेपाली समुदायका सबै सदस्य तथा संघसंस्थाहरुलाई अनुरोध गर्दछौं,” हेल्प नेपाल नेटवर्क युकेका सल्लाहकार सूर्य गुरुङले भने ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ