काठमाडौँ, १० असार । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायबाट अहिलेसम्म रु चार खर्ब बराबरको सहयोगको घोषणा भएको छ ।
नेपालको पुनःनिर्माणका लागि आवश्यक पर्ने प्राविधिक सहयोगसहित ती घोषणा दाताहरूबाट आएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए ।
दातृ निकायले घोषणा गरेको उक्त सहयोग नेपालले अपेक्षा गरेको भन्दा राम्रो रहेको उल्लेख गर्दै उनले अबका दिन पुनःनिर्माण तथा कार्यान्वयनको चुनौतीको पक्षलाई विशेष ध्यान दिनुपर्ने बताए । ‘बिजनेस’ सत्रको समापनपछि मुख्य सचिव लीलामणि पौड्यालले सम्मेलन सफल भएको प्रतिक्रिया दिएका छन् । आगामी दिन सहायताको सदुपयोगमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । अर्थमन्त्री डा रामशरण महतले अध्यक्षता गरेको यस सत्रमा नेपाल पुनःनिर्माणको क्षेत्रमा गइसकेकाले त्यसतर्फ सबै दातृ निकायको ध्यान जानुपर्ने बताएका थिए ।
यस सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी अर्थसचिव सुमन शर्माले स्रोत परिचालन तथा भूकम्पपछिको अवस्था र कार्यान्वयनबारे सम्मेलनमा सहभागीहरूलाई जानकारी दिए । सो अवसरमा पुनःनिर्माणसम्बन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो ।
यो सत्रको समापनपछि योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्माको सहअध्यक्षतामा प्राविधिक सत्र सुरु भएको थियो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता