काठमाडौँ, १० असार । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायबाट अहिलेसम्म रु चार खर्ब बराबरको सहयोगको घोषणा भएको छ ।
नेपालको पुनःनिर्माणका लागि आवश्यक पर्ने प्राविधिक सहयोगसहित ती घोषणा दाताहरूबाट आएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए ।
दातृ निकायले घोषणा गरेको उक्त सहयोग नेपालले अपेक्षा गरेको भन्दा राम्रो रहेको उल्लेख गर्दै उनले अबका दिन पुनःनिर्माण तथा कार्यान्वयनको चुनौतीको पक्षलाई विशेष ध्यान दिनुपर्ने बताए । ‘बिजनेस’ सत्रको समापनपछि मुख्य सचिव लीलामणि पौड्यालले सम्मेलन सफल भएको प्रतिक्रिया दिएका छन् । आगामी दिन सहायताको सदुपयोगमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । अर्थमन्त्री डा रामशरण महतले अध्यक्षता गरेको यस सत्रमा नेपाल पुनःनिर्माणको क्षेत्रमा गइसकेकाले त्यसतर्फ सबै दातृ निकायको ध्यान जानुपर्ने बताएका थिए ।
यस सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी अर्थसचिव सुमन शर्माले स्रोत परिचालन तथा भूकम्पपछिको अवस्था र कार्यान्वयनबारे सम्मेलनमा सहभागीहरूलाई जानकारी दिए । सो अवसरमा पुनःनिर्माणसम्बन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो ।
यो सत्रको समापनपछि योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्माको सहअध्यक्षतामा प्राविधिक सत्र सुरु भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा