लन्डन । आम नेपालीको सपनाको देश बेलायत । यहां आएर आफ्नो भविष्य सुनौलो बनाउन लालयित नेपाली असंख्य छन् । करिब १८ वर्ष अघि यस्तै सुन्दर भविष्य कल्पेर बेलायत उत्रिएका गुल्मी आंपचौरका आनन्द खरालको भविष्य त परै जाओस्, अवस्था नै अत्तो पत्तो नहुंदा परिवार विक्षिप्त छ ।
वि.स. २०४७ अर्थात २५ वर्ष अघि नेपाल छाडेर जर्मनी, बेल्जियम हुंदै करिव १८ वर्ष अघि लन्डन उत्रिएका आनन्दले पछिल्लोपटक सन् २००८ मा परिवारलाई टेलिफोन सम्पर्क गरेका थिए । तर, त्यसयता उनी सम्पर्कविहीन भएको भान्जा खोज्दै यहां आइपुगेका मामा लेखनाथ घिमिरेले वीनेपालीलाई जनाए । सम्पर्कमा आउंदा आनन्दले आफू लन्डनमा सेफको काम गर्ने गरेको र लन्डन बेटरसी पार्क तथा पट्नीमा बस्ने बताएका थिए ।
‘जिउंदो, मरेको केही थाहा भएन । हामीलाई केवल एक कल फोन गरेर आफ्नो अवस्थामात्र भनिदिए पनि पुग्थ्यो’, आफ्नी श्रीमतिका साथ महिनादिन अघि भान्जा खोज्न यहां आएका घिमिरेले चिन्ता व्यक्त गर्दै भने ।
हाल हेस्टिंग बसिरहेका घिमिरेले यहां आएर इष्टमित्र, साथीभाइ र नेपाली समुदायमा भान्जा खोजीदिन अपिल गरिरहेका छन् । प्रहरीतिर भने शिकायत नगरिएको उनले जनाए ।
गहुंगोरो र खाइलाग्दा अन्दाजी ४३ वर्षीय आनन्दको अज्ञात अवस्थाले बाबु आमा, एकजना दाई र दुई बहिनी विक्षिप्त छन् ।
पुर्खौली घर गुल्मी आंपचौर भएका खरालको परिवार यतिबेला दिव्यपुरी ३ केउरेनी नवलपरासीमा छ । बाबु हिरालाल खराल वरिष्ठ समाजसेवीका रुपमा गाउंमा नाम चलेका व्यक्ति हुन् । बेलायतमा बेपत्ता आफ्ना छोरा सम्झेर उनकी आमा नारायणी खराल दिनरात आंशुमा डुबेकी छन् । बाबा पक्षघातले हिंडडुल गर्न सक्दैनन् । विरामी बाबु छोरा सम्झंदै ओछ्यानमा रोएर बसिरहेको घिमिरेले बताए । हिरालालका दुई छोरामध्ये जेठो छोरा श्याम खराल नेपालमै उच्चमाविका शिक्षक छन् ।
आनन्दलाई नजिकबाट चिन्ने नवलपरासीका शिक्षक यादव पौडेलका अनुभवमा साथीभाइमाझ अति मिलनसार खराल बेटिङ (जुवाघर) लतमा भने थिए ।
नेपाल सरकारका खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न