काठमाडाँै, ९ असार । मुलुकको नवनिर्माण, भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनामा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्ने उद्देश्यले बिहीबार यहाँ आयोजना हुने ‘नेपालका पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा रु तीन खर्बको हाराहारीमा सहायता रकम प्राप्त हुने अपेक्षा सरकारले गरेको छ ।
नेपालका मित्रराष्ट्र तथा विकासका साझेदारलाई भूकम्पपछिको मुलुकको वर्तमान आर्थिक स्थितिबारे जानकारी गराउने तथा विपद् व्यवस्थापनका अन्तर्राष्ट्रिय अभ्यास र अनुभव संस्थागत व्यवस्थापन र प्रभावकारी पारदर्शी एवम् जिम्मेवारपूर्ण ढङ्गले पुनःनिर्माणका कार्यक्रमको कार्यान्वयन गर्न दातृ राष्ट्र तथा निकायबाट उक्त रकम प्राप्त हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनीले राससलाई बताएका छन् ।
विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रस्तुति, पुनःनिर्माण एवम् नवनिर्माणका निम्ति सरकारले अवलम्बन गरेका नीति तथा संस्थागत संयन्त्रबारे अध्यावधिक गराउने, प्राविधिक तथा वित्तीय सहायता जुटाउन आयोजित सम्मेलनमा ५० भन्दा बढी मुलुकबाट सकारात्मक जवाफ प्राप्त भएको र तिनले उल्लेख्य सहायताको आश्वासन दिएको उनले उल्लेख गरे ।
आन्तरिक स्रोत र साधनबाट मात्र पुनःस्थापना, पुनःनिर्माण एवम् नयाँ निर्माणका काम पूर्ण गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय समुदायको एकीकृत प्रयास, प्रभावकारी ढङ्गले ती काम सम्पादन गर्न शक्तिशाली पुनःनिर्माण प्राधिकरण गठनको प्रक्रिया प्रारम्भ भइसकेकाले अन्तर्राष्ट्रिय समुदायले सहायता बढाउने विश्वास पनि उहाँले व्यक्त गरे ।
विपद्को विषम घडीमा विश्वभरबाट प्राप्त सद्भाव प्रेरणादायी प्रतिउत्तर, छिमेकी, दातृ निकाय, विकासका साझेदार, नेपालका मित्र, अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य आर्थिक एवम् भौतिक सहायता प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य हो ।
उक्त सम्मेलनको नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछन् । रासस
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा