विदेशी पाहुनाद्वारा भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूची अवलोकन

नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आभएका विशिष्ट पाहुना भूकम्पवाट क्षती भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतीहासिक हनुमानढोका क्षेत्रको अवलोकन गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विशिष्ट पाहुना भूकम्पवाट क्षती भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतीहासिक हनुमानढोका क्षेत्रको अवलोकन गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका क्षेत्रको अवलोकन गरेका छन् ।

भूकम्पले सो क्षेत्रका करिब ८० प्रतिशत ऐतिहासिक एवम् पुरातात्विक भवनलाई क्षति पुरयाएको छ । काष्ठमण्डप, भाजु देवल, नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, शिवपार्वतीको मन्दिर, नौतले दरबारमध्ये तीनतला, गद्दी बैठक, सिंहढोका, कागेश्वर मन्दिर, तलेजु मन्दिर, पञ्चमुखी हनुमानजस्ता जीवन्त संस्कृतिको धरोहरलाई क्षति भएको छ । पूर्ण क्षति नभएका संरचनालाई फलाम तथा काठको टेकाद्वारा अड्याइएको छ ।

विशिष्ट पाहुनालाई हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई सो क्षेत्रको अवलोकन गराइएको थियो । सम्मेलनमा भाग लिन आउनुभएका ३४ जना विशिष्ट अतिथिले सो अवसरमा अवलोकन गरेका थिए ।

उनीहरूले बढो उत्सुकतापूर्वक ती क्षेत्रका ऐतिहासिक महत्वका बारेमा जानकारी लिए । हनुमानढोका हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले विशिष्ट अतिथिलाई सो क्षेत्रको बारेमा अवगत गराएकी हुन् ।

अवलोकनमा सहभागी हुन आएका युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिनले अवलोकनका क्रममा रासससँग सङ्क्षिप्त कुरा गर्दै यी ऐतिहासिक, पुरातात्विक स्थलको पुनःनिर्माणका लागि सहयोग गर्ने र यसका लागि क्षति मापन भइरहेको जानकारी दिए ।

उनले पुरातात्विक स्थलको पुनःनिर्माणका लागि विस्तृत कार्ययोजना युनेस्कोको तर्फबाट पनि बन्ने उल्लेख गरे ।
जापानी सहयोग नियोग जाइकाका प्रमुख डा आकिहिको तानाकाले भूकम्पले पुरयाएको पुनःनिर्माणका लागि आवश्यक पर्ने सहयोग प्रदान गर्न जाइका तयार रहेको बताए ।

श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजेले भूकम्पले नेपालमा पुरयाएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणमा सहयोग गर्न आफ्नो देश तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री