
नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विशिष्ट पाहुना भूकम्पवाट क्षती भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतीहासिक हनुमानढोका क्षेत्रको अवलोकन गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका क्षेत्रको अवलोकन गरेका छन् ।
भूकम्पले सो क्षेत्रका करिब ८० प्रतिशत ऐतिहासिक एवम् पुरातात्विक भवनलाई क्षति पुरयाएको छ । काष्ठमण्डप, भाजु देवल, नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, शिवपार्वतीको मन्दिर, नौतले दरबारमध्ये तीनतला, गद्दी बैठक, सिंहढोका, कागेश्वर मन्दिर, तलेजु मन्दिर, पञ्चमुखी हनुमानजस्ता जीवन्त संस्कृतिको धरोहरलाई क्षति भएको छ । पूर्ण क्षति नभएका संरचनालाई फलाम तथा काठको टेकाद्वारा अड्याइएको छ ।
विशिष्ट पाहुनालाई हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई सो क्षेत्रको अवलोकन गराइएको थियो । सम्मेलनमा भाग लिन आउनुभएका ३४ जना विशिष्ट अतिथिले सो अवसरमा अवलोकन गरेका थिए ।
उनीहरूले बढो उत्सुकतापूर्वक ती क्षेत्रका ऐतिहासिक महत्वका बारेमा जानकारी लिए । हनुमानढोका हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले विशिष्ट अतिथिलाई सो क्षेत्रको बारेमा अवगत गराएकी हुन् ।
अवलोकनमा सहभागी हुन आएका युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिनले अवलोकनका क्रममा रासससँग सङ्क्षिप्त कुरा गर्दै यी ऐतिहासिक, पुरातात्विक स्थलको पुनःनिर्माणका लागि सहयोग गर्ने र यसका लागि क्षति मापन भइरहेको जानकारी दिए ।
उनले पुरातात्विक स्थलको पुनःनिर्माणका लागि विस्तृत कार्ययोजना युनेस्कोको तर्फबाट पनि बन्ने उल्लेख गरे ।
जापानी सहयोग नियोग जाइकाका प्रमुख डा आकिहिको तानाकाले भूकम्पले पुरयाएको पुनःनिर्माणका लागि आवश्यक पर्ने सहयोग प्रदान गर्न जाइका तयार रहेको बताए ।
श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजेले भूकम्पले नेपालमा पुरयाएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणमा सहयोग गर्न आफ्नो देश तयार रहेको बताए ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त