लन्डन । मिस यूके नेपालको ५ औं संस्करण अडिसन महिना दिनपछि आगामी २५ जुलाई, २०१५ शनिवार हुने भएको छ । गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबोरोमा अडिसन हुन लागेको आयोजक इभेन्ट्स एण्ड आइडियाज्ले जनाएको छ ।
इभेन्ट्स एण्ड आइडियाज्की संस्थापक निर्देशक शान्ति गुरुंगले यस वर्षको मिस यूके नेपाल प्रतिष्पर्धामा पनि सक्रिय सहभागिताका लागि इच्छुक सबै युवती समक्ष आग्रह गरेकी छिन् । प्रतियोगिताका लागि आवेदन दिने युवतीहरुले विभिन्न अडिसन पार गरेपछि अन्तिम प्रतिष्पर्धामा भिड्नेछन् ।
प्रतियोगिताको फाइनल भने आगामी ५ सेप्टेम्बर, २०१५ मा प्रिन्सेस हल अल्डरसटमा हुने तय भएको छ ।
इभेन्ट्स एण्ड आइडियाज्ले वर्षेनी यस्तो प्रतियोगिता गरेर बेलायतवासी नेपाली युवतीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न प्रयत्न गरिरहेको छ । प्रतियोगितामा ताज जित्ने सुन्दरीहरु नेपालका लागि च्यारिटी देखि व्यक्तिगत करिअरका विभिन्न गतिविधिमा संलग्न रहंदै आएका छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा