मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: १४:१४ | UK Time: 09:29

विश्वकप छनोट खेल्न लन्डन आउंदै नेपाली क्रिकेट टोली

वीनेपाली
२०७२ असार ९ गते ०:३८
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी देखाउँदै कप्तान पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी देखाउँदै कप्तान पारस खड्का

लन्डन । विश्वकप छनोट खेल्न युरोप आउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घद्वारा मंगलबार काठमाडौँमा  आयोजित कार्यक्रममा सिँचाइ मन्त्री नारायणप्रकाश साउद, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालगायतले बिदाइ गरेका छन् ।

आगामी जुलाई ६ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्यान्डमा आयोजना हुने आइसीसी वोर्ल्ड टी–२० छनोट प्रतियोगिता तथा जुलाइ २९ र ३१ मा स्कटल्याण्डमा नेपाल र स्कटल्यान्डबीच हुने लिग क्रिकेट लिग च्याम्पीयनसीपमा सहभागी हुन नेपाली टोली लन्डन आएको हो ।

आयरल्यान्ड र स्कटल्यान्ड प्रस्थान गर्नुअघि नेपाली टोलीले अभ्यास खेल तथा प्रशिक्षणका लागि बेलायत र नेदरल्यान्ड भ्रमण गर्नेछ । नेपाली टोलीले नेदरल्यान्डमा घरेलु टोलीसँग चार टि–२० खेल खेल्नेछ भने लन्डनमा झण्डै एक साता त्यहाँकै टोलीसँग अभ्यास खेल खेल्नेछ ।

युरोप आउने टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, खेलाडीमा शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, अनिल मण्डल, सुवास खकुरेल तथा विनोद भण्डारी छन् । त्यसैगरी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्रकुमार मुखिया, सोमपाल कामी, राजेश पुलामी मगर, करण केसी, सिद्धान्त लोहनी, अविनाश कर्ण छन् ।

नेपाली टोलीका प्रशिक्षक श्रीलङ्काली मूलका क्यानाडेली नागरिक पुबुदु दसानायके, बलिङ तथा व्याटिङ प्रशिक्षकमा क्रमशः विनोदकुमार दास तथा भारतीय नागरिक मोन्टी देशाइ, फिजियो भारतकै ऐजाज असाइ तथा प्राविधिक विश्लेषकमा रमण सिवाकोटी पनि युरोप टुरमा रहेको राससले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक