काठमाडौँ । भूकम्पपछि त्रासले काठमाडौँ उपत्यका छाडेकामध्ये छ लाख जनता अझै उपत्यका फर्किएका छैनन् ।
ट्राफिक प्रहरीका अनुसार गत वैशाख १२ पछि असार ७ गतेसम्म ३८ लाख ९९ हजार ३६ जना उपत्यकाबाट बाहिरिएका छन् । सोही अवधिमा ३२ लाख ४५ हजार ६४८ जनामात्रै उपत्यका भित्रिएका छन् । सो सङ्ख्या बाहिरिनेभन्दा छ लाख ५३ हजार ३८८ कम हो ।
भूकम्पपछि वैशाखमा १९ लाख २० हजार ४५८, जेठमा १५ लाख ५१ हजार २०८ र असार ७ गतेसम्म ४ लाख २७ हजार ३७० जना यात्रु बाहिरिएका थिए । सोही अवधिमा वैशाखमा ११ लाख २४ हजार ५७२, जेठमा १६ लाख ७१ हजार १४६ र असार ७ गतेसम्म चार लाख ४९ हजार ९३० जना यात्रु भित्रिएका छन् ।
यो अवधिमा चार लाख ९६ हजार ६७७ सवारी साधन बाहिरिएका छन् भने चार लाख ७४ हजार ८६८ सवारी साधन भित्रिएका छन् । भूकम्पपछि उपत्यका छोडेर नफर्किएका छ लाख ५३ हजार ३८८ मध्ये आधा अब नफर्किने गरेर गएको अनुमान गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पोषराज पोखरेल भूकम्पको त्रासका कारण उपत्यकामा डेरा गरेर बस्नेको ठूलो सङ्ख्या नफर्किने गरी आफ्नो जन्मथलोका फर्किएको जानकारी दिए ।
उनले भने, “हामीले बाहिरिने सवारीसाधन जाँचको क्रममा ती साधनमा डेराका सबै सामग्री लिएर घर फर्किने पनि ठूलो सङ्ख्यामा देखिएका छन्, त्यसरी सबै सामान लिएर जानेहरू अब पक्कै राजधानी फर्किन्नन् होला ।”
कतिपय अभिभावकले छोराछोरीको विद्यालय नै स्थानान्तरण गरी आफ्नो जिल्लामा फर्किएकाले उनीहरू राजधानी फर्किने कम सम्भावना रहेको छ । त्यस्तै भूकम्पपछि कतिपयले व्यवसाय, रोजगारी नै छोडेर गएकाले उनीहरू पनि फर्किने सम्भावना कम छ ।
त्यस्तै छिमेकी मुलुक भारतबाट आएका समेत भूकम्पपछि नेपाल नफर्किने गरी गएका छन् । भूकम्पलगत्तै वैशाख १३ देखि १९ गतेसम्म एक हप्ताको अवधिमा सात लाख ९२ हजार ६२३ जनाले उपत्यका छोडेका थिए । जबकी सोही अवधिमा एक लाख ६१ हजार ६७४ जना यात्रु मात्रै उपत्यकामा भित्रिएका थिए ।
भूकम्पलगत्तै उल्लेख्य मात्रामा उपत्यका छोड्नेको चाप बढे पनि पछिल्लो समय उपत्यका छोड्नेभन्दा भित्र्नेको चाप बढ्दै गएको छ । प्रवेशिकाको परीक्षाफल प्रकाशित भएसँगै उच्च माध्यमिक शिक्षा अध्ययन गर्न उपत्यका भित्रिने विद्यार्थीको सङ्ख्या बढेको छ ।
असार १ देखि ७ गतेसम्मको अवधिमा चार लाख ४९ हजार ९३० यात्रु भित्रिएका छन् भने चार लाख २७ हजार ३७० यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढे पनि सवारीसाधनको हकमा भने बाहिरिने भन्दा भित्रिनेको सङ्ख्या कम देखिएको छ ।
ट्राफिक प्रवक्ता पोखरेल भित्र्ने यात्रुको सङ्ख्या बढ्ने तर भित्रिने सवारीसाधनको सङ्ख्या घट्ने अनौठो अवस्था अहिले देखिएको बताउंछन् । असारको पहिलो हप्तामा ५० हजार ५६२ सवारी साधन भित्रिएका छन् भने ५२ हजार ९३१ सवारी साधन बाहिरिएका छन् ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल