लण्डन । ताप्लेजुङमा हालै गएको बाढी पहिरोका पीडितहरुलाई सहयोग गर्न ताप्लेजुङ सोसाइटी युकेले एक च्यारिटी डिनर आयोजना गर्ने भएको छ ।
सोसाइटीको हालै बसेको आकस्मिक बैठकले यही अगष्ट २३ तारिखका दिन लण्डनको फेल्थाममा च्यारिटी डिनर आयोजना गर्ने निर्णय गरेको हो ।
फेल्थाम कम्युनिटी कलेजमा हुने सो च्यारिटी डिनरमा ताप्लेजुङ जिल्लाबाट युके आई बसोबासरत नेपाली र गोरखा सैनिकहरुको उपस्थिति रहने बताइएको छ ।
बैठकमा सोसाइटीका सदस्य लक्ष्मीप्रसाद लिवाङले हालै गएको बाढी पहिरोले पुर्याएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
सोसाइटीका अध्यक्ष लक्ष्मी घिसिङको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकारहरु मेजर भुवानी खापुङ र डा. चन्द्र लक्सम्बा, रत्न लाबुङ, खेमराज मादेन, अमृता पालुंगवा, शिव पालुंगवा, जित मेन्यांबो, विष्णु सुब्बा, बिन्दाकला थेबे, नरप्रसाद सादेनहिम लिम्बु लगायतको उपस्थिति थियो ।
बैठकमा सोसाइटीको हस्पिटल परियोजनाका बारेमा सल्लाहकार भुवानी पन्धाकले जानकारी गराएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे