लण्डन । ताप्लेजुङमा हालै गएको बाढी पहिरोका पीडितहरुलाई सहयोग गर्न ताप्लेजुङ सोसाइटी युकेले एक च्यारिटी डिनर आयोजना गर्ने भएको छ ।
सोसाइटीको हालै बसेको आकस्मिक बैठकले यही अगष्ट २३ तारिखका दिन लण्डनको फेल्थाममा च्यारिटी डिनर आयोजना गर्ने निर्णय गरेको हो ।
फेल्थाम कम्युनिटी कलेजमा हुने सो च्यारिटी डिनरमा ताप्लेजुङ जिल्लाबाट युके आई बसोबासरत नेपाली र गोरखा सैनिकहरुको उपस्थिति रहने बताइएको छ ।
बैठकमा सोसाइटीका सदस्य लक्ष्मीप्रसाद लिवाङले हालै गएको बाढी पहिरोले पुर्याएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
सोसाइटीका अध्यक्ष लक्ष्मी घिसिङको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकारहरु मेजर भुवानी खापुङ र डा. चन्द्र लक्सम्बा, रत्न लाबुङ, खेमराज मादेन, अमृता पालुंगवा, शिव पालुंगवा, जित मेन्यांबो, विष्णु सुब्बा, बिन्दाकला थेबे, नरप्रसाद सादेनहिम लिम्बु लगायतको उपस्थिति थियो ।
बैठकमा सोसाइटीको हस्पिटल परियोजनाका बारेमा सल्लाहकार भुवानी पन्धाकले जानकारी गराएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा