
ब्रिटिश गोरखा साँस्कृतिक परिषद्को अौपचारिक उद्घाटन
लण्डन । ब्रिटिश गोरखा नेपाली साँस्कृतिक परिषद्को शनिबार अौपचारिक उद्घाटन भएको छ । अल्डरसटस्थित नीरमाया रोधीँघर रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द्र कँडेलले परिषद् उद्घाटन गरे ।
विदेशी भूमिमा रहेर नेपाली भाषा साहित्य, कला, संस्कृति र संस्कारलाई संरक्षण, सम्बर्द्धन गर्दै पुस्तान्तर जीवन्त राख्ने उद्धेश्यले सो संस्था गठन भएको बताइएको छ ।
संस्थाका संयोजक एकराज नेम्बाङ्को अध्यक्षतामा भएको सो कार्यक्रममा विशेष अतिथिको रुपमा इस्टली बोरोका पूर्व काउन्सिलर तथा इस्टली गोर्खा नेप्लिज समाजका ट्रस्टी ग्लेन डेभिस डिअ, गोइङ ग्लोबलका माअोसी मिरान्डा थिए भने अन्य अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तुल छन्त्याल, किरात याक्थुङ चुम्लुङ बेलायतका अध्यक्ष काजिमान याक्सो, सेवारो कलाकार युके अध्यक्ष दुर्गा पाङ्मा, वीजीडब्ल्युएस सामुदायिक रेडियोका प्रमुख मेजर सोनाम छिरिंग शेर्पा, गोर्खा च्यानलका डाईरेक्टर विमला सेने, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विस्वासदिप तिगेला, किरात याक्थुङ चुम्लुङ क्षेत्रीय महिला विभाग स्वीन्डनका उपाध्यक्ष चन्द्रकला लिम्बु, ज्येष्ठ नागरिक समाजका स्वीण्डनका संयोजक लालसुन्दर राई तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- एनआरएनए नेपालको राजनीतिबाट बिभाजित हुन जरुरी छैन : परराष्ट्र मन्त्री
- एनआरएनए सहमतिको विशेष महाधिवेशन शनिवारबाट सुरु
- डा. रुइतसहित तीन नेत्र चिकित्सक ‘भिजन एक्सलेन्स अवार्ड’बाट सम्मानित
- नेपालमा कोरोना खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
- वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति