लण्डन । ब्रिटिश गोरखा नेपाली साँस्कृतिक परिषद्को शनिबार अौपचारिक उद्घाटन भएको छ । अल्डरसटस्थित नीरमाया रोधीँघर रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द्र कँडेलले परिषद् उद्घाटन गरे ।
विदेशी भूमिमा रहेर नेपाली भाषा साहित्य, कला, संस्कृति र संस्कारलाई संरक्षण, सम्बर्द्धन गर्दै पुस्तान्तर जीवन्त राख्ने उद्धेश्यले सो संस्था गठन भएको बताइएको छ ।
संस्थाका संयोजक एकराज नेम्बाङ्को अध्यक्षतामा भएको सो कार्यक्रममा विशेष अतिथिको रुपमा इस्टली बोरोका पूर्व काउन्सिलर तथा इस्टली गोर्खा नेप्लिज समाजका ट्रस्टी ग्लेन डेभिस डिअ, गोइङ ग्लोबलका माअोसी मिरान्डा थिए भने अन्य अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तुल छन्त्याल, किरात याक्थुङ चुम्लुङ बेलायतका अध्यक्ष काजिमान याक्सो, सेवारो कलाकार युके अध्यक्ष दुर्गा पाङ्मा, वीजीडब्ल्युएस सामुदायिक रेडियोका प्रमुख मेजर सोनाम छिरिंग शेर्पा, गोर्खा च्यानलका डाईरेक्टर विमला सेने, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विस्वासदिप तिगेला, किरात याक्थुङ चुम्लुङ क्षेत्रीय महिला विभाग स्वीन्डनका उपाध्यक्ष चन्द्रकला लिम्बु, ज्येष्ठ नागरिक समाजका स्वीण्डनका संयोजक लालसुन्दर राई तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते