
भूकम्प प्रतिरोधी विद्यालय बनाउन शिक्षा विभागलाई जिम्मा
हेटौंडा । शिक्षामन्त्री चित्रलेखा यादवले भूकम्पले प्रभावित जिल्लामा करिब ३० हजार विद्यालयमा क्षति पुगेकाले पुनःनिर्माणका लागि प्राविधिक खटाएर भूकम्प प्रतिरोधी विद्यालय बनाउन शिक्षा विभागलाई जिम्मा दिइसकिएको बताएकी छिन् ।
मन्त्री यादवले सोमबार हेटौंडामा मकवानपुर उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यमी विकास समितिले आयोजना गरेको बृहत् महिला भेला तथा सौन्दर्य तालिम उद्घाटन गर्दैे भूकम्पबाट त्रसित विद्यार्थीलाई मनोचिकित्साबाट पढ्ने वातावरण बनाउन लागिएको बताइन् । उनले राज्यको हरेक अङ्गमा महिलाको समुचित सहभागिता बढाउन सके नेपाल समुन्नत राष्ट्र बन्ने समेत उल्लेख गरिन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, केन्द्रीय कृषि उद्यम केन्द्रका सभापति भवानी राणाले महिलालाई उद्यमशील हुन आग्रह गरेको रासस समाचारमा उल्लेख छ । तालिममा ५० महिला सहभागी छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक