हेटौंडा । शिक्षामन्त्री चित्रलेखा यादवले भूकम्पले प्रभावित जिल्लामा करिब ३० हजार विद्यालयमा क्षति पुगेकाले पुनःनिर्माणका लागि प्राविधिक खटाएर भूकम्प प्रतिरोधी विद्यालय बनाउन शिक्षा विभागलाई जिम्मा दिइसकिएको बताएकी छिन् ।
मन्त्री यादवले सोमबार हेटौंडामा मकवानपुर उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यमी विकास समितिले आयोजना गरेको बृहत् महिला भेला तथा सौन्दर्य तालिम उद्घाटन गर्दैे भूकम्पबाट त्रसित विद्यार्थीलाई मनोचिकित्साबाट पढ्ने वातावरण बनाउन लागिएको बताइन् । उनले राज्यको हरेक अङ्गमा महिलाको समुचित सहभागिता बढाउन सके नेपाल समुन्नत राष्ट्र बन्ने समेत उल्लेख गरिन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, केन्द्रीय कृषि उद्यम केन्द्रका सभापति भवानी राणाले महिलालाई उद्यमशील हुन आग्रह गरेको रासस समाचारमा उल्लेख छ । तालिममा ५० महिला सहभागी छन् ।
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च