
लन्डन । गत २० जुनमा केन्टमा आयोजित टनब्रीज समर कार्निभलमा प्रथम नौमती बाजा गुल्मी यूके समूहले दोश्रो स्थान जितेको छ । ५० भन्दा बढि समुदायका करिब ४० हजार सहभागी कार्निभलमा नौमती धुनले दर्शक मन जितेको हो । नौमती बाजाले यसअघि लगातार तीन वर्ष प्रथम स्थान ओगटेको बाजा प्रमुख संयोजक ओमप्रसाद थापाले जनाए । टनब्रीज नेपाली कम्युनिटीको सहकार्यमा उक्त समूह सन् २०१० देखि नियमित कार्निभलमा सहभागी छ । यसपटक पनि कार्निभलमा नेपाली समाज टनब्रीज सहभागी थियो ।
प्रथम नौमती बाजा गुल्मी यूके समूहले नेपाली मौलिक धुन घन्काउंदा सहभागी सबैको ध्यान खिचेको प्रमुख संयोजक थापाले सुनाए ।
यस पालीको कार्निभलमा स्थानीय नेपाली समुदाय मौलिक वेशभूषा र नेपाली झन्डा तथा भूपू गोर्खाहरू मेडल, गोर्खा ह्याट र आर्मी पोसाकमा ठांटिएर मार्चिङमा सहभागी भए । उक्त अवसरमा नेपाली समाज टनब्रीज केन्टका अध्यक्ष ले. मोहन राना, सचिव भेष थापा, कोषाध्यक्ष याम गुरूड, मिडिया एवं पिआर दुर्गा बुराथोकी साथै गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतम, नेपाली समाज टनब्रीज केन्ट अन्तर्गत महिला समूह अध्यक्ष शिला रानासहित दिदी बहिनीहरू टिपिकल नेपाली पोशाक र बाजागँजा लिएर मार्चपासमा सहभागी भए ।
साथै नौमती समूहबाट प्रमुख संयोजक तथा ग्रेटर रसमोर नेपलिज कम्युनिटीका नवनियुक्त अध्यक्ष ओम थापा, बीर बलाल, लाल काऊचा, पूर्ण बलाल, तीर्थ शाही, गोपाल थापा, भिम थापा, पदम गुरुङ, कुमार राना, याम गलामी, गायक बीरबहादुर थापा सहभागी थिए । उक्त दिन नौमती समूहका लागि खानपिनको निशुल्क प्रायोजन गोर्खा प्लानेट रेस्टुरेन्टका प्रोपाइटरहरू दिनेश महर्जन, दयाराम गिरी र केशवराज गिरीले गरिदिएका थिए ।
प्रथम नौमती बाजा गुल्मी युके समूहले बेलायतका कुनाकुनासम्म नेपाली संस्कृतिलाई प्रवर्धन गरिरहेको छ । उक्त समूह ग्रेटर रसमुर नेपलिज कम्युनिटी र नयां युवा समेतको साझेदारीमा नेपालको महाभूकम्प पीडितका लागि च्यारिटीमा सहभागी भएको थियो । समूहले आगामी जुलाई ११ मा नेपाली मेला तथा जुलाई २६ का दिन मेन्चेस्टर मेलामा भाग लिने जनाएको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण