लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा संकलित रकमबाट थप एक करोड रुपैयां आज मंगलबार नेपाल पठाएको छ । दूतावासले ६५ हजार पाउण्ड प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाएको हो । यसअघि दूतावासले २ करोड रुपैयां कोषमा पठाइसकेको छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले हालसम्म दूई लाख २ सय ६५ पाउण्ड ९ पेन्स संकलन भइसकेको जानकारी दिएका छन् ।
सोमबारमात्र नर्दन आयरल्याण्ड नेपलिज कम्युनिटीले १९ हजार पाउण्ड दूतावास कोषलाई दिएको छ । बेलफाष्टमा आयोजित एक समारोहबीच कम्युनिटीका फण्ड रेजिङ कोअर्डिनेटर नारायण कंडेलले उक्त रकम कार्यवहाक राजदूत क्षेत्री र नेपाल ब्रिटेन उद्दार तथा राहत कोष आर्थिक समितिका संयोजक सूर्य गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा क्षेत्रीले नर्दन आयरल्याण्डवासी नेपाली र समस्त चन्दादाताहरुप्रति आभार व्यक्त गर्दै संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत पुनर्निर्माणमा खर्च हुने बताए । उनले रकम पारदर्शी ढंगले सदुपयोग हुने जनाउंदै विपतका बेला सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरि, सूर्य गुरुङले नर्दन आयरल्याण्डवासीको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
कम्युनिटीले विभिन्न गतिविधिमार्फत उक्त रकम संकलन गरेको हो । यसअघि उसले लत्ताकपडा, ब्ल्यांकेट आदि अत्यावश्यक सामाग्री समेत पठाइसकेको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते