लन्डन । यतिखेर ब्रिटिश सेनामा गोर्खा भर्तीको दुईसय वर्ष गांठ कार्यक्रम बेलायत र नेपालमा हर्षोल्लासका साथ भइरहेको छ । सेवारत गोर्खाहरु विशेष समारोहमा सरिक छन् । बेग्लै खुशीयाली र उत्साह छ उनीहरुमा । तर, यही माहोलबीच भूपू गोर्खाहरुको एउटा घटक भने निरास छ र उनीहरु गोर्खा भर्तीको दुई सय वर्ष कार्यक्रम वहिष्कार गरिरहेका छन् । विशेषगरि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले कार्यक्रम वहिष्कारलाई तीव्रता दिएको हो ।
समितिले बेलायती महारानीसमक्ष दुईसय वर्षको कार्यक्रम वहिष्कारबारे अवगत गराउंदै रक्षा मन्त्रालयले चरम अन्याय र अत्याचार गरेको व्यहोरासहित आफ्ना हक अधिकार सुनिश्चित गरिदिन गरेको अपिलमा रानी गम्भीर भएको दरवारले जनाएको छ ।
समितिले गत ४ जुन, २०१५ मा रानीलाई लेखेको पत्रको जवाफ दिंदै दरवारले रानीले समितिको पत्रमा उल्लेखित कुरालाई गम्भीर रुपमा लिएको जनाऊ दिएको हो । बकिंमहम प्यालेसकी सिनियर करेस्पोन्डेन्स् अफिसर सोनिया बोनिसीले
गत १८ जुन, २०१५ मा समितिलाई रानीको सन्देशसहित पत्र पठाउंदै रानीले यस मुद्दामा व्यक्तिगत हस्तक्षेप गर्न नमिलेपनि उक्त पत्र रक्षा मन्त्रीलाई पठाउन निर्देशन दिएको उल्लेख छ । रानी समक्ष पुर्याइएको मुद्दा रक्षा मन्त्रालयले पुनर्विचार गर्ने अपेक्षा दरबारको पत्रमा छ ।
समितिको पत्रमा ब्रिटिश रक्षा मन्त्रालयले दुई सय वर्ष देखि चरम अन्याय र अत्याचार गरेकाले खुशीयाली मनाउनुको सट्टा कार्यक्रम वहिष्कार गर्ने निर्णय गरिएको जनाइएको थियो ।
‘हाम्रा हजारौं अग्रज भोकभोकै मरे । बेलायत आएका भूपू बुढाबुढीको पनि हेरविचार गर्ने मान्छे नभएर बिजोग छ । कति नेपालबाट आउन चाहन्छन् तर सक्दैनन् । हामी आदिवासी जनजातीको राजनीतिक, धार्मिक, सामाजिक भावना ध्वस्त भयो । यस्तो अवस्थामा रक्षा मन्त्रालयले मनाइरहेको खुशीमा हामी सामेल हुन सकेनौं’, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले पत्रको सारांश व्याख्या गर्दै वीनेपालीसंग भने ।
हाल समिति नेपालको भूकम्प पीडितका लागि अर्थ संकलनमा व्यस्त छ । समितिले बेलायतका विभिन्न ७ शहरबाट करिब २० हजार पाउण्ड संकलन भइसकेको र हुने क्रम जारी रहेको जनाएको छ । यो मानवीय सहायता लगत्तै समितिले जुलाई देखि आफ्नो आन्दोलन पुनः सुचारु गर्ने जनाएको छ ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार