
काठमाडौँ, ६ असार । एकीकृत नेकपा (माओवादी) ले सर्वोच्च अदालतको आदेशपछि संविधान लेखनमा देखिएको अन्योलतालाई हटाउनका लागि प्रमुख राजनीतिक दलसँगको संवादलाई निरन्तरता दिने भएको छ । प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको सन्दर्भमा सर्वोच्चले दिएको फैसलाले अन्योलता थपेको मात्रै नभई बाधासमेत खडा गरेको एमाओवादीको ठहर छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले संविधान लेखनमा देखिन सक्ने अन्योलतालाई हटाउनका लागि अन्तरदलीय संवादलाई जारी राख्ने निर्णय गरेको हो ।
सर्वोच्चले राजनीतिक विषयमा बोलेको र त्यसले संविधान लेखनको कामलाई अवरोध उत्पन्न गर्न सक्नेतर्फ सचेत रहँदै अगाडि बढ्नुपर्नेमा जोड दिइएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रमुख चार राजनीतिक दलका तर्फबाट फैसला सच्याउनका लागि सर्वोच्चमा आवेदन गर्ने तयारी भइरहेका बेला एमाओवादीले पनि सो विषयमा छलफल गरेको बुझिएको छ ।
बैठकमा भूकम्पपछिको पुनःनिर्माणका लागि गठन गरिन लागिएको उच्चस्तरीय प्राधिकरण, दाता सम्मेलनलगायतका विषयमा पार्टीका तर्फबाट राख्ने धारणाका विषयका कुराकानी भएको राससले जनाएको छ।
यस्तै पार्टीले भूकम्प प्रभावित जिल्लामा सञ्चालन गरेको राष्ट्रिय श्रम शिविर–२०७२ को समीक्षासमेत गरिएको बताइएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?