लन्डन । बेलायतवासी नेपालीहरुले ब्यग्र प्रतिक्षा गरिरहेको २८ जुनको रोयल अल्बर्ट हल कार्यक्रम सफलताका लागि बेलायती विदेश राज्यमन्त्री हुगो स्वायरले शुभकामना दिएका छन् ।
राज्यमन्त्री स्वांरले आयोजक हेल्प नेपाल नेटवर्क यूकेलाई पठाएको सन्देशमा त्यस्तो महत्वपूर्ण कार्यक्रम गर्न यूके रोजिएकामा प्रसन्नता व्यक्त गर्दै शुभकामना दिएका हुन् । ‘बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष (मार्च २०१६मा) पुग्नै लाग्दा दुई देशबीच घनिष्ट सम्वन्ध र लामो मित्रता भएको यो एउटा ठूलो उदाहरण हो’, शुभकामना सन्देशमा उल्लेख छ ।
मन्त्री स्वायरले हालैको विनाशकारी भूकम्पले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेलायत सरकार र ब्रिटिश जनताले पीडितका लागि आत्मैदेखि सहयोग गरेको समेत स्मरण गरेका छन् ।
लन्डन साउथ केन्जिङटनस्थित रोयल अल्बर्ट हलमा नेपालीले पहिलोपटक कार्यक्रम गर्न लागेका हुन् । ‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको उक्त कन्सर्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत अनुभवी वाद्यवादकहरुको समूहले गीत संगीत पस्कने कार्यक्रम छ ।
आयोजकले अब थोरैमात्र टिकट बांकी रहेको जनाउंदै बेलैमा सुरक्षित राख्न आग्रह गरेका छन् । अल्बर्ट हलको वेवसाइट र टेलिफोन कलबाटै टिकट किन्न सकिने आयोजकले जनाएका छन् ।
विश्वप्रसिद्ध कलाकारहरुको समेत रोजाइमा पर्ने अल्बर्ट हलमा फ्रेंक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स्, द बिटल्स्, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एण्ड इल्टन जोन जस्ता विश्वप्रसिद्ध कलाकारहरुले कन्सर्ट गरिसकेका छन् ।
मा गएर टिकट किन्न सकिने जनाएका छन् । थप जानकारी facebook.com/helpnepal.net बाट प्राप्त गर्न सकिनेछ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते