लन्डन । अल्डरसट वेस्टगेट स्थित मिमोसा एसियन बफेट रेष्टुरेन्ट एण्ड बारले भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । १८ जुनमा रेष्टुरेन्टमै एक समारोहबीच म्यानेजर दिल नेपालीले ग्रेटर रसमोर नेपलिज कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेलाई ५ सय पाउण्ड हस्तान्तरण गरेका हुन् ।
म्यानेजर दिल नेपालीको सक्रियतामा रेष्टुरेन्टले गत ७ जुनमा एक च्यारिटी डिनर कार्यक्रम गरेको थियो । उक्त च्यारिटी गर्न मिमोसाका प्रवन्धक चरनजित ग्रेवाल, श्यारन ग्रेवाल, सनी ग्रेवाल, कुलदिप गिल र बलबिन्दर गिल एवं ग्रेटर रसमुर नेपालिज कम्युनिटीले सहयोग गरेका थिए ।
रकम हस्तान्तरणका अवसरमा ग्रेटर रसमुर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष रोहित गुरुङ, वर्तमान उपाध्यक्ष राम धन राई र महासचिव रन्जिता मल्ल समेतको सहभागिता थियो । उपाध्यक्ष राम धन राईले भूकम्प पीडितका लागि रकम आउने क्रम जारी रहेको जनाए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते