लन्डन । अल्डरसट वेस्टगेट स्थित मिमोसा एसियन बफेट रेष्टुरेन्ट एण्ड बारले भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । १८ जुनमा रेष्टुरेन्टमै एक समारोहबीच म्यानेजर दिल नेपालीले ग्रेटर रसमोर नेपलिज कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेलाई ५ सय पाउण्ड हस्तान्तरण गरेका हुन् ।
म्यानेजर दिल नेपालीको सक्रियतामा रेष्टुरेन्टले गत ७ जुनमा एक च्यारिटी डिनर कार्यक्रम गरेको थियो । उक्त च्यारिटी गर्न मिमोसाका प्रवन्धक चरनजित ग्रेवाल, श्यारन ग्रेवाल, सनी ग्रेवाल, कुलदिप गिल र बलबिन्दर गिल एवं ग्रेटर रसमुर नेपालिज कम्युनिटीले सहयोग गरेका थिए ।
रकम हस्तान्तरणका अवसरमा ग्रेटर रसमुर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष रोहित गुरुङ, वर्तमान उपाध्यक्ष राम धन राई र महासचिव रन्जिता मल्ल समेतको सहभागिता थियो । उपाध्यक्ष राम धन राईले भूकम्प पीडितका लागि रकम आउने क्रम जारी रहेको जनाए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा