लण्डन । नेपालका भुकम्प पीडितहरुको सहयोगका लागि मगर संघ युकेले शनिबार खुल्ला मैदानमा नेपालबाट कलाकार ल्याई कन्सर्ट गर्दैछ ।
युकेका सामाजिक संस्थामध्ये सशक्त मगर संघले हरेक वर्ष त्यस्तो कन्सर्ट आयोजना गर्ने गरेकोमा यसवर्ष भुकम्प पीडितको सहयोगका लागि गर्न लागेको हो ।
कन्सर्ट आयोजक समितिका संयोजक तथा मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राना भन्छन्, “यो एक सांगीतिक कन्सर्ट मात्र नभई नेपालका भुकम्प पीडित दाजुभाइ दिदीबहिनीहरुको पीडामा ऐक्यवद्धता जनाउने अवसर पनि हो ।”
उनका अनुसार फार्नब्रो रग्बी फुटबल क्लवमा आयोजना हुने यस वर्षको कन्सर्टमा कलाकारहरु नीता पुन, दुर्गा परियार, दाजुभाइ ब्याण्ड, कल्पना गुरुङ, प्रसाद खप्तरी र खुमन अधिकारीले धमाका मचाउने छन् ।
कन्सर्टमा भाग लिन गायक खुमन अधिकारी र प्रसाद खप्तरी बुधबार युके आइपुगेका छन् । बाँकी कलाकारहरु यसअघि नै युकेमा छन् ।
“युवा, प्रौढ सबैलाई समेट्ने गरी कलाकार छनौट गरेका छौँ । कन्सर्टमा सबै उमेरकाले भरपूर मनोरञ्जन लिन पाउने हामीलाई विश्वास छ” रानाले भने ।
पहिले बुद्धपूजासहित कन्सर्ट गर्ने गरिएकोमा गत वर्षदेखि बुद्धपूर्णिमा र कन्सर्ट अलग अलग गर्न थालिएको छ । “युकेमा रहेका सबै नेपालीलाई समेट्नका लागि गत सालदेखि कार्यक्रमलाई विशुद्ध कन्सर्टमा परिवर्तन गरेका छौँ” उनले भने ।
कार्यक्रमको टिकट अग्रीम लिएमा १२ पाउण्ड र सोही दिन लिएमा प्रवेश शुल्क १५ पाउण्ड तोकिएको छ । ६ देखि १२ वर्ष उमेरका बालबालिकाका लागि ७ पाउण्ड प्रवेश शुल्क तोकिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते