लण्डन । नेपालका भुकम्प पीडितहरुको सहयोगका लागि मगर संघ युकेले शनिबार खुल्ला मैदानमा नेपालबाट कलाकार ल्याई कन्सर्ट गर्दैछ ।
युकेका सामाजिक संस्थामध्ये सशक्त मगर संघले हरेक वर्ष त्यस्तो कन्सर्ट आयोजना गर्ने गरेकोमा यसवर्ष भुकम्प पीडितको सहयोगका लागि गर्न लागेको हो ।
कन्सर्ट आयोजक समितिका संयोजक तथा मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राना भन्छन्, “यो एक सांगीतिक कन्सर्ट मात्र नभई नेपालका भुकम्प पीडित दाजुभाइ दिदीबहिनीहरुको पीडामा ऐक्यवद्धता जनाउने अवसर पनि हो ।”
उनका अनुसार फार्नब्रो रग्बी फुटबल क्लवमा आयोजना हुने यस वर्षको कन्सर्टमा कलाकारहरु नीता पुन, दुर्गा परियार, दाजुभाइ ब्याण्ड, कल्पना गुरुङ, प्रसाद खप्तरी र खुमन अधिकारीले धमाका मचाउने छन् ।
कन्सर्टमा भाग लिन गायक खुमन अधिकारी र प्रसाद खप्तरी बुधबार युके आइपुगेका छन् । बाँकी कलाकारहरु यसअघि नै युकेमा छन् ।
“युवा, प्रौढ सबैलाई समेट्ने गरी कलाकार छनौट गरेका छौँ । कन्सर्टमा सबै उमेरकाले भरपूर मनोरञ्जन लिन पाउने हामीलाई विश्वास छ” रानाले भने ।
पहिले बुद्धपूजासहित कन्सर्ट गर्ने गरिएकोमा गत वर्षदेखि बुद्धपूर्णिमा र कन्सर्ट अलग अलग गर्न थालिएको छ । “युकेमा रहेका सबै नेपालीलाई समेट्नका लागि गत सालदेखि कार्यक्रमलाई विशुद्ध कन्सर्टमा परिवर्तन गरेका छौँ” उनले भने ।
कार्यक्रमको टिकट अग्रीम लिएमा १२ पाउण्ड र सोही दिन लिएमा प्रवेश शुल्क १५ पाउण्ड तोकिएको छ । ६ देखि १२ वर्ष उमेरका बालबालिकाका लागि ७ पाउण्ड प्रवेश शुल्क तोकिएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा