लण्डन । लण्डनस्थित मिडलसेक्स युनिभर्सिटीले भुकम्प पीडित नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको छ ।
युनिभर्सिटीका अनुसार भुकम्पमा परेका विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक अाकांक्षा परिपूर्तिका लागि विश्वविद्यालयले नयाँ छात्रवृत्तिको व्यवस्था गरेको हो ।
युनिभर्सिटीले नयाँ छात्रवृत्तिका लागि १ करोड नेपाली रुपियाँ छुट्याएको छ ।
सो रकम नेपालबाट सो विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको हवाइ टिकट, शैक्षिक शुल्क र युकेमा बस्दा हुने खर्च अादिमा खर्च गरिने विश्वविद्यालयले जनाएको छ ।
युनिभर्सिटीको नेपाली अल्मुनाइ र सो विश्वविद्यालयका पूर्व विद्यार्थी श्रेय पौडेलको अवधारणामा सो छात्रवृत्ति स्थापना भएको हो ।
”नेपालमा भुकम्प आएपछि प्रभावितहरुका लागि के गर्न सकिन्छ कि भनेर न्याशनल युनियन अफ स्टुडेन्टमार्फत प्राय सबै विश्वविद्यालयमा पत्राचार गरेकोमा मिडलसेक्स युनिभर्सिटीले छात्रवृत्तिको व्यवस्था गरेकोमा खुशी लागेको छ” न्याशनल युनियन अफ स्टुडेन्टस्का इन्टरन्याशनल अफिसर समेत रहेका पौडेलले भने ।
युनिभर्सिटीकी उपकुलपति केटी बेलले आफूहरुसित विश्वविद्यालयमा सशक्त अन्तर्राष्ट्रिय समुदाय रहेकाे र नेपालमा भुकम्पको समाचारले प्रभावित बनेको बताइन् । ”हाम्रा पूर्व विद्यार्थीले यस्तो अवधारणा लिएर आएकोमा हामीलाई खुशी लागेको छ आशा छ यसबाट नेपाली विद्यार्थीलाई लण्डनमा पढ्न मद्दत पुग्नेछ” उनले भनिन् ।
छात्रवृत्ति सम्बन्धी थप जानकारीका लागि विश्वविद्यालयमा सम्पर्क राख्न भनिएको छ ।
सो विश्वविद्यालयमा हाल १८ नेपाली विद्यार्थी रहेका छन् ।
सो विश्वविद्यालयले यसअघि गोरखा सैनिकका छोराछोरीका लागि पनि छात्रवृत्तिको व्यवस्था गरेको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा