लण्डन । लण्डनस्थित मिडलसेक्स युनिभर्सिटीले भुकम्प पीडित नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको छ ।
युनिभर्सिटीका अनुसार भुकम्पमा परेका विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक अाकांक्षा परिपूर्तिका लागि विश्वविद्यालयले नयाँ छात्रवृत्तिको व्यवस्था गरेको हो ।
युनिभर्सिटीले नयाँ छात्रवृत्तिका लागि १ करोड नेपाली रुपियाँ छुट्याएको छ ।
सो रकम नेपालबाट सो विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको हवाइ टिकट, शैक्षिक शुल्क र युकेमा बस्दा हुने खर्च अादिमा खर्च गरिने विश्वविद्यालयले जनाएको छ ।
युनिभर्सिटीको नेपाली अल्मुनाइ र सो विश्वविद्यालयका पूर्व विद्यार्थी श्रेय पौडेलको अवधारणामा सो छात्रवृत्ति स्थापना भएको हो ।
”नेपालमा भुकम्प आएपछि प्रभावितहरुका लागि के गर्न सकिन्छ कि भनेर न्याशनल युनियन अफ स्टुडेन्टमार्फत प्राय सबै विश्वविद्यालयमा पत्राचार गरेकोमा मिडलसेक्स युनिभर्सिटीले छात्रवृत्तिको व्यवस्था गरेकोमा खुशी लागेको छ” न्याशनल युनियन अफ स्टुडेन्टस्का इन्टरन्याशनल अफिसर समेत रहेका पौडेलले भने ।
युनिभर्सिटीकी उपकुलपति केटी बेलले आफूहरुसित विश्वविद्यालयमा सशक्त अन्तर्राष्ट्रिय समुदाय रहेकाे र नेपालमा भुकम्पको समाचारले प्रभावित बनेको बताइन् । ”हाम्रा पूर्व विद्यार्थीले यस्तो अवधारणा लिएर आएकोमा हामीलाई खुशी लागेको छ आशा छ यसबाट नेपाली विद्यार्थीलाई लण्डनमा पढ्न मद्दत पुग्नेछ” उनले भनिन् ।
छात्रवृत्ति सम्बन्धी थप जानकारीका लागि विश्वविद्यालयमा सम्पर्क राख्न भनिएको छ ।
सो विश्वविद्यालयमा हाल १८ नेपाली विद्यार्थी रहेका छन् ।
सो विश्वविद्यालयले यसअघि गोरखा सैनिकका छोराछोरीका लागि पनि छात्रवृत्तिको व्यवस्था गरेको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते