गोर्खा दौड तथा पैदल यात्रामा तिलबिक्रम सम्बाहाम्फे प्रथम

Gurkha Peace Run 1
लण्डन ।  यस वर्षको गाेरखा दौडमा धावक तिलविक्रम सम्बाहाम्फे प्रथम भएका छन् ।
१४ जुनका दिन केन्ट आसफोर्डको इष्टवेल म्यानर पार्कमा आयोजित दौडमा सम्बाहाम्फेले १ घन्टा ११ मिनेटमा दौड पूरा गरेका हुन् ।
बेलायती सेनामा सेवारत रहँदा १३ नेपालीले प्राप्त गरेको भिक्टोरिया क्रस बहादुरीको सम्मान र सम्झनामा सो दौड हुने गरेको छ ।
प्रतियोगितामा खगेन्द्र लिम्बु दोस्रो भएका छन् भने महिलातर्फ भने निशा गुरुङ प्रथम र हिमा मगर दोस्रो भएका छन् ।
गोर्खा पीस फाउन्डेसनको आयोजनामा सम्पन्न दौड तथा पैदल यात्रामा गोर्खाली र स्थानीय अंग्रेज गरी झण्डै ५ सय सहभागी थिए ।
दौडबाट उठेको सबै रकम भूकम्प पीडितहरुलाई राहतको लागि पठाइने भएको छ ।
यसअघि नै सो प्रयोजनका लागि फाउन्डेशनले २० हजार पाउण्ड संकलन गरिसकेको छ ।
गोर्खालीले बेलायती सेनामा सेवा गरेको २ सय वर्ष पुगेको अवसरमा फाउन्डेशनका अध्यक्ष ब्राइन स्टान्लीले केक काटी दौडको उद्घाटन गरेका थिए ।
दौडको समाप्तिपछि हिमाली ब्लुज र साउण्ड लिड ब्याण्डले मनोरन्जन दिलाएका थिए ।
कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएकोमा संस्थापक ट्रष्टी प्रेम थक्लुङले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Gurkha Peace Run 2

प्रतिक्रिया

सम्बन्धित सामाग्री