लन्डन । इलिङस्थित मन्टिज रेष्टुरेन्ट र खुकुरी बियरले भूकम्प पीडितलाई ७ हजार ६ सय ४१ पाउण्ड प्रदान गरेको छ । सोमबार मन्टिजमा आयोजित एक कार्यक्रमबीच संकलित रकम रेष्टुरेन्ट सञ्चालक महन्त श्रेष्ठले अक्सफाम हेड अफ रिजनल फण्ड रेजिङ एलिस बाइरनलाई हस्तान्तरण गरेका हुन् ।
चेक ग्रहणपछि बाइरनले श्रेष्ठ र अन्य दाताहरुप्रति आभार व्यक्त गर्दै अक्सफामले भूकम्प अति प्रभावित काठमाण्डौं, ललितपुर, भक्तपुर, गोरखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ गरि ७ जिल्लामा जुन महिनाको अन्तिमसम्म ४ लाख मानिसलाई अत्यावश्यक राहत उपलव्ध गराउने लक्ष्य लिएको बताइन् ।
अक्सफामले विशेष गरि शौचालय निर्माण, पिउने पानी, जिवाणु फैलनबाट रोक्न हाउजिन किट्स लगायतमा खर्च गरिरहेको छ ।
मन्टिज रेष्टुरेन्टले भूकम्पपछि च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको थियो । सञ्चालक श्रेष्ठले विपत्तिमा सानै भएपनि सहयोग गर्न पाउनु खुशीको कुरा भएको जनाए । श्रेष्ठकै लगानीमा बेलायतमा नेपाली खुकरी वियर उत्पादन हुंदै आएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च