लन्डन । इलिङस्थित मन्टिज रेष्टुरेन्ट र खुकुरी बियरले भूकम्प पीडितलाई ७ हजार ६ सय ४१ पाउण्ड प्रदान गरेको छ । सोमबार मन्टिजमा आयोजित एक कार्यक्रमबीच संकलित रकम रेष्टुरेन्ट सञ्चालक महन्त श्रेष्ठले अक्सफाम हेड अफ रिजनल फण्ड रेजिङ एलिस बाइरनलाई हस्तान्तरण गरेका हुन् ।
चेक ग्रहणपछि बाइरनले श्रेष्ठ र अन्य दाताहरुप्रति आभार व्यक्त गर्दै अक्सफामले भूकम्प अति प्रभावित काठमाण्डौं, ललितपुर, भक्तपुर, गोरखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ गरि ७ जिल्लामा जुन महिनाको अन्तिमसम्म ४ लाख मानिसलाई अत्यावश्यक राहत उपलव्ध गराउने लक्ष्य लिएको बताइन् ।
अक्सफामले विशेष गरि शौचालय निर्माण, पिउने पानी, जिवाणु फैलनबाट रोक्न हाउजिन किट्स लगायतमा खर्च गरिरहेको छ ।
मन्टिज रेष्टुरेन्टले भूकम्पपछि च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको थियो । सञ्चालक श्रेष्ठले विपत्तिमा सानै भएपनि सहयोग गर्न पाउनु खुशीको कुरा भएको जनाए । श्रेष्ठकै लगानीमा बेलायतमा नेपाली खुकरी वियर उत्पादन हुंदै आएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा