लन्डन । तिब्बती आध्यात्मिक नेता दलाइ लामा जुन तेश्रो साता बेलायत आउने भएका छन् । बुद्धिष्ट कम्युनिटी सेन्टर यूके (बीसीसी यूके) को विशेष निमन्त्रणामा बेलायत आउन लागेका लामाले २९ जुन दिउसो अल्डरसट एफसी स्टेडियममा विशेष प्रवचन दिने कार्यक्रम छ । बीसीसी यूकेका पब्लिक रिलेसन अफिसर एवं प्रवक्ता मेजर रि. डमर घलेका अनुसार, लामाले प्रवचन बाहेक कम्युनिटीको बौद्ध गुम्बा समेत औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
करिब ७ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा २१ औं शताव्दीमा बौद्ध धर्मबारे प्रवचन, भिक्षु नृत्य (छम नाच), विभिन्न जात जातिको परम्परागत नृत्य र नेपालको भूकम्पमा परि दिवगंत भएकाको सम्झनामा प्रार्थना समेत गर्ने कार्यक्रम छ ।
बीसीसी यूकेले तीन लाख ७५ हजार पाउण्डमा खरिद गरेको घर गुम्बामा परिणत गरेको हो । प्रवक्ता मेजर रि. घलेका अनुसार, कम्युनिटीले थप करिब तीन लाख ७५ हजार पाउण्ड खर्च गरेर गुम्बाको अन्तिम रुप दिएको छ । गुम्बामा मुर्तीमात्र एक करोड रुपैयां बराबरका छन् । त्यहां आध्यात्मिक नेता दलाइ लामाको सौजन्यमा करिब ३० लाख रुपैयां मुल्य बराबरको वौद्ध धर्म ग्रन्थ समेत उपलव्ध छन् ।
बीसीसी यूकेको लामासंग सन् २००९ यता सुमधुर सम्वन्ध छ । त्यो बेला लामा बेलायत आउंदा कम्युनिटी पदाधिकारीले दर्शनभेट पाएका थिए । साथै कम्युनिटीले दलाइ लामा समक्ष गुम्बा बनाउने आफ्नो महत्वाकांक्षी योजना सुनाएको थियो । ‘लामाले हामीलाई त्यतिबेलै गुम्बामा राख्न सबै वौद्ध ग्रन्थहरु आफ्नो तर्फबाट प्रदान गर्ने वचन दिनु भएको थियो’, घलेले वीनेपालीसंग भने, ‘अहिले उहांकै बाहुलीबाट गुम्बा उद्घाटन हुन लाग्दा हामीलाई गर्व छ ।’
आयोजकले दलाइ लामाको कार्यक्रमबारे विस्तृत जानकारी दिन यही शुक्रवार कम्युनिटीकै भवनमा पत्रकार सम्मेलन डाकेका छन् । घलेले कार्यक्रम छुटाउनै नहुने बताउंदै सहभागिताका लागि टिकट सुरक्षित राख्न आग्रह गरे । नेपाल तिब्बत सम्वन्ध ऐतिहासिक रहंदा कार्यक्रमले बुद्ध नेपालमै जन्मेको सन्देश दिन सघाउने अपेक्षा गरिएको छ ।
अल्डरसटलाई सबै भन्दा बढि वुद्धिष्ट जनघनत्व भएको शहर मानिएको छ ।
यसैबीच, फ्रि तिव्वत अभियान विरोधी ठानिएको सुग्देन कम्युनिटीले दलाइ लामा विरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ । तर, यसबाट कार्यक्रममा कुनै असर नपर्ने कम्युनिटीले जनाएको छ । ‘बुद्ध धर्म भन्दा पनि दलाइ लामाको व्यक्तिगत विरोधमा प्रदर्शन हुन लागेको जानकारी प्राप्त भएको छ’, घलेले भने, ‘बेलायतमा तोकिएको ठाउंमा बसेर शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सबैलाई छ ।’
चीन सरकारकै आर्थिक सहयोगमा सुग्देन कम्युनिटीले दलाइ लामाका हरेक कार्यक्रममा प्रदर्शन गर्दै आएको कतिपयको बुझाइ छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च