लन्डन । तिब्बती आध्यात्मिक नेता दलाइ लामा जुन तेश्रो साता बेलायत आउने भएका छन् । बुद्धिष्ट कम्युनिटी सेन्टर यूके (बीसीसी यूके) को विशेष निमन्त्रणामा बेलायत आउन लागेका लामाले २९ जुन दिउसो अल्डरसट एफसी स्टेडियममा विशेष प्रवचन दिने कार्यक्रम छ । बीसीसी यूकेका पब्लिक रिलेसन अफिसर एवं प्रवक्ता मेजर रि. डमर घलेका अनुसार, लामाले प्रवचन बाहेक कम्युनिटीको बौद्ध गुम्बा समेत औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
करिब ७ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा २१ औं शताव्दीमा बौद्ध धर्मबारे प्रवचन, भिक्षु नृत्य (छम नाच), विभिन्न जात जातिको परम्परागत नृत्य र नेपालको भूकम्पमा परि दिवगंत भएकाको सम्झनामा प्रार्थना समेत गर्ने कार्यक्रम छ ।
बीसीसी यूकेले तीन लाख ७५ हजार पाउण्डमा खरिद गरेको घर गुम्बामा परिणत गरेको हो । प्रवक्ता मेजर रि. घलेका अनुसार, कम्युनिटीले थप करिब तीन लाख ७५ हजार पाउण्ड खर्च गरेर गुम्बाको अन्तिम रुप दिएको छ । गुम्बामा मुर्तीमात्र एक करोड रुपैयां बराबरका छन् । त्यहां आध्यात्मिक नेता दलाइ लामाको सौजन्यमा करिब ३० लाख रुपैयां मुल्य बराबरको वौद्ध धर्म ग्रन्थ समेत उपलव्ध छन् ।
बीसीसी यूकेको लामासंग सन् २००९ यता सुमधुर सम्वन्ध छ । त्यो बेला लामा बेलायत आउंदा कम्युनिटी पदाधिकारीले दर्शनभेट पाएका थिए । साथै कम्युनिटीले दलाइ लामा समक्ष गुम्बा बनाउने आफ्नो महत्वाकांक्षी योजना सुनाएको थियो । ‘लामाले हामीलाई त्यतिबेलै गुम्बामा राख्न सबै वौद्ध ग्रन्थहरु आफ्नो तर्फबाट प्रदान गर्ने वचन दिनु भएको थियो’, घलेले वीनेपालीसंग भने, ‘अहिले उहांकै बाहुलीबाट गुम्बा उद्घाटन हुन लाग्दा हामीलाई गर्व छ ।’
आयोजकले दलाइ लामाको कार्यक्रमबारे विस्तृत जानकारी दिन यही शुक्रवार कम्युनिटीकै भवनमा पत्रकार सम्मेलन डाकेका छन् । घलेले कार्यक्रम छुटाउनै नहुने बताउंदै सहभागिताका लागि टिकट सुरक्षित राख्न आग्रह गरे । नेपाल तिब्बत सम्वन्ध ऐतिहासिक रहंदा कार्यक्रमले बुद्ध नेपालमै जन्मेको सन्देश दिन सघाउने अपेक्षा गरिएको छ ।
अल्डरसटलाई सबै भन्दा बढि वुद्धिष्ट जनघनत्व भएको शहर मानिएको छ ।
यसैबीच, फ्रि तिव्वत अभियान विरोधी ठानिएको सुग्देन कम्युनिटीले दलाइ लामा विरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ । तर, यसबाट कार्यक्रममा कुनै असर नपर्ने कम्युनिटीले जनाएको छ । ‘बुद्ध धर्म भन्दा पनि दलाइ लामाको व्यक्तिगत विरोधमा प्रदर्शन हुन लागेको जानकारी प्राप्त भएको छ’, घलेले भने, ‘बेलायतमा तोकिएको ठाउंमा बसेर शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सबैलाई छ ।’
चीन सरकारकै आर्थिक सहयोगमा सुग्देन कम्युनिटीले दलाइ लामाका हरेक कार्यक्रममा प्रदर्शन गर्दै आएको कतिपयको बुझाइ छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा