लन्डन । बेलायतमा बसोवास गरिरहेका धरानेहरुको वार्षिक भेला यही जुन २७, शनिवार हुने भएको छ ।
फेल्थाम कम्युनिटी कलेज हलमा बिहान ११ देखि राती १० बजेसम्म तय गरिएको उक्त भेलामा विशेष आकर्षण हुनेछन् गायक दीप श्रेष्ठ । रोयल अल्बर्ट हलमा २८ जुनमा हुने कार्यक्रमका लागि तेश्रो साता बेलायत आउन लागेका गायक श्रेष्ठलाई अतिथी सत्कार दिने समाजको योजना छ । कार्यक्रममा नेपाली दूतावाससहित अन्य विभिन्न संघसंस्थाका पदाधिकारीको समेत उपस्थिति रहने छ ।
समाजका अध्यक्ष उमेश मोक्तानले बेलायतवासी धरानेबीच पुनर्मिलन, सांस्कृतिक मनोरन्जनसहित यसपटकको कार्यक्रम धरान प्रवेशद्धार निर्माणका लागि आर्थिक संकलनमा केन्द्रित हुने जनाए । समाजले धरानमा झण्डै ८० लाख रुपैयां लगानीमा प्रवेशद्धार (वेल्कम गेट) बनाउने महत्वकांक्षी योजना अघि सारेको छ । समाजले भेलामा सहभागी हुन सबै धरानेहरुमा आग्रह समेत गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते