लन्डन । ग्रेटर रसमोर नेप्लिज कम्युनिटीको आइतबार सम्पन्न १२ औं अधिवेशनले ओमप्रसाद थापालाई अध्यक्षमा सर्वसम्मत चुनेको छ । दुई कार्यकाल उपाध्यक्ष रहेका थापा छैठौं कार्यसमितिका लागि अध्यक्ष चुनिएका हुन् ।
ओकफार्म कम्युनिटी हलमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जीव बेल्वासे, उपाध्यक्ष रामधन राई, महिला उपाध्यक्ष छवि माया पुन, महासचिव रन्जिता मल्ल, सचिव वीर बलाल, कोषाध्यक्ष भक्तबहादुर क्षेत्री र सहकोषाध्यक्षमा अमर मल्ललाई चयन गरेको छ । त्यसैगरि, महिला सेक्रेटरीमा शेष पल्ली, नयां युवा संयोजक वसन्त लक्सम्बा र प्रवक्ता एवं पव्लिक रिलेसन (पिआर) मा मान गुरुङ छानिएका छन् । काउन्सिलमै कार्यरत नेमबहादुर थापालाई स्थानीय रसमोर काउन्सिलसंग समन्वयकारी भूमिका निर्वाह गर्न संयोजक तोकिएको अध्यक्ष थापाले जनाए । महासचिव रन्जिता मल्ल ग्रेटर रसमोर नेपाली कम्युनिटी वुमन फोरमकी अध्यक्ष हुन् ।
कार्यसमितिले थप सदस्यहरु पछि विस्तार गर्नेछ ।
बन्द सत्र अघि अध्यक्ष मेजर रि.टिकेन्द्रदल देवानको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रोहित गुरुङको वार्षिक र कोषाध्यक्ष रामधन राईको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
उक्त अधिवेशनका लागि एकेन्द्र गुरुङ निर्वाचन प्रमुख र निर्वाचन मण्डलमा मेजर रि. सूर्य उपाध्याय, मेजर रि. कुलबहादुर थापा र क्याप्टेन तीर्थमान गुरुङ थिए । पर्यवेक्षकको जिम्मेवारी एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार मेजर रि. डमर घले, थर्क सेन, शेर बहादुर सुनार र पदमबहादुर राईलाई दिइएको थियो ।
गुल्मी जिल्ला समाज यूकेमा अध्यक्ष भएर लामो समय नेतृत्व सम्हालेका थापाले नयां जिम्मेवारीसंगै रसमोर क्षेत्रमा नेपाली र बेलायती समुदायबीच सौहार्द वातावरण कायम गर्न पहल गर्ने बताएका छन् । कम्युनिटीले हालै भूकम्प पीडितका लागि आर्थिक संकलन र राहतमा समेत सक्रिय भूमिका खेलेको थियो।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च