लन्डन । ग्रेटर रसमोर नेप्लिज कम्युनिटीको आइतबार सम्पन्न १२ औं अधिवेशनले ओमप्रसाद थापालाई अध्यक्षमा सर्वसम्मत चुनेको छ । दुई कार्यकाल उपाध्यक्ष रहेका थापा छैठौं कार्यसमितिका लागि अध्यक्ष चुनिएका हुन् ।
ओकफार्म कम्युनिटी हलमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जीव बेल्वासे, उपाध्यक्ष रामधन राई, महिला उपाध्यक्ष छवि माया पुन, महासचिव रन्जिता मल्ल, सचिव वीर बलाल, कोषाध्यक्ष भक्तबहादुर क्षेत्री र सहकोषाध्यक्षमा अमर मल्ललाई चयन गरेको छ । त्यसैगरि, महिला सेक्रेटरीमा शेष पल्ली, नयां युवा संयोजक वसन्त लक्सम्बा र प्रवक्ता एवं पव्लिक रिलेसन (पिआर) मा मान गुरुङ छानिएका छन् । काउन्सिलमै कार्यरत नेमबहादुर थापालाई स्थानीय रसमोर काउन्सिलसंग समन्वयकारी भूमिका निर्वाह गर्न संयोजक तोकिएको अध्यक्ष थापाले जनाए । महासचिव रन्जिता मल्ल ग्रेटर रसमोर नेपाली कम्युनिटी वुमन फोरमकी अध्यक्ष हुन् ।
कार्यसमितिले थप सदस्यहरु पछि विस्तार गर्नेछ ।
बन्द सत्र अघि अध्यक्ष मेजर रि.टिकेन्द्रदल देवानको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रोहित गुरुङको वार्षिक र कोषाध्यक्ष रामधन राईको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
उक्त अधिवेशनका लागि एकेन्द्र गुरुङ निर्वाचन प्रमुख र निर्वाचन मण्डलमा मेजर रि. सूर्य उपाध्याय, मेजर रि. कुलबहादुर थापा र क्याप्टेन तीर्थमान गुरुङ थिए । पर्यवेक्षकको जिम्मेवारी एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार मेजर रि. डमर घले, थर्क सेन, शेर बहादुर सुनार र पदमबहादुर राईलाई दिइएको थियो ।
गुल्मी जिल्ला समाज यूकेमा अध्यक्ष भएर लामो समय नेतृत्व सम्हालेका थापाले नयां जिम्मेवारीसंगै रसमोर क्षेत्रमा नेपाली र बेलायती समुदायबीच सौहार्द वातावरण कायम गर्न पहल गर्ने बताएका छन् । कम्युनिटीले हालै भूकम्प पीडितका लागि आर्थिक संकलन र राहतमा समेत सक्रिय भूमिका खेलेको थियो।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा