रोयल अल्बर्ट हल भाडामात्रै ७२ लाख

mapaplan.com

लन्डन । यही जुन २८ तारिख सांझ रोयल अल्बर्ट हलमा हुने कन्सर्टको हल भाडा र साउण्ड एण्ड लाइट सिस्टममा मात्रै ४५ हजार पाउण्ड (करिब ७२ लाख रुपैयां) खर्च हुने भएको छ । आयोजकले तीस प्रतिशत डिस्काउण्ट पाएर पनि त्यत्ति महंगो पर्ने जनाएका हुन् । ‘कलाकारको हवाइ, बसोवास र अन्य खर्च त यसमा सामेल नै 
छैन्’, कार्यक्रम संयोजन गरिरहेको हेल्प नेपाल नेटवर्क यूकेका एक पदाधिकारीले भने, ‘कन्सर्ट आफैंमा चुनौतीपूर्ण छ तर हामीलाई विश्वास छ दर्शकहरुले साथ दिनुहुनेछ ।’ पवित्र उद्देश्यका लागि भएर पनि कार्यक्रममा दर्शक सहभागिता उल्लेख्य रहने अपेक्षा आयोजकको छ । गोरखा जिल्लामा भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि कार्यक्रम तय गरिएको हो ।

लन्डन साउथ केन्जिङटनस्थित उक्त हलमा नेपालीले गर्न लागेको यो पहिलो कार्यक्रम हो । महंगो अनि कम्तीमा दुई अढाइ वर्ष पालो कुर्नुपर्ने वाध्यताबीच 
नेपालीले त्यहां कार्यक्रम गर्न पाउनुलाई ऐतिहासिक उपलव्धि ठानेका छन् । अल्बर्ट हल यस्तो सांगीतिक कार्यक्रम स्थल हो, जहां कन्सर्ट गर्न विश्वप्रसिद्ध कलाकारहरु पनि लोभिन्छन् । हालसम्म उक्त भेन्यूमा फ्रेंक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स्, द बिटल्स्, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एण्ड इल्टन जोन जस्ता विश्वप्रसिद्ध कलाकारहरुले कन्सर्ट गरिसकेका छन् ।

आयोजकको व्यस्तता यतिखेर टिकट विक्रीमा छ । नेपाली कन्सर्टका लागि कुल ३ हजार ९ सय २९ सिट उपलव्ध छन् । अल्बर्ट हलको वेवसाइट र टेलिफोन कलबाटै टिकट किन्न सकिने आयोजकले जनाएका छन् । हेल्प नेपाल नेटवर्क यूकेका कुलदीप प्रधानका अनुसार, रोयल अल्बर्ट हलको मेन स्वीच बोर्डमा कल गरेर अप्सन टु थिचेपछि बक्स अफिसमार्फत टिकट लिन सकिन्छ । पोष्टबाटै घरमा झिकाउन वा हलमै होल्ड गरेर पछि कार्यक्रम हुने दिन लिन सकिने समेत प्रधानले जनाए । ‘बरु होल्ड गरिएको टिकट लिन साथमा डेभिड क्रेडिट कार्ड भने चाहिन्छ’, उनले भने । बार कोड हेरेर प्रवेश हुने भएकाले आफ्नो टिकटको बार कोड स्पष्ट र सुरक्षित राख्न आयोजकको सुझाव
छ ।

‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको उक्त कन्सर्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत अनुभवी वाद्यवादकहरुको समूहले गीत संगीत पस्कनेछ ।

अल्बर्ट हलको अनलाइन र फोनमार्फत बुकिङ बाहेक प्रिन्टेड टिकट पाइने स्थानहरु निम्न छन्ः

1. Everest Supermarket, 12-15 Northolt Road, South Harrow, HA2 8HB Tel: 020 3489 6352

2. Mr Krishna Shah, Gurkhas Restaurant, Balham, London Tel: 07810084747
3. Gurkha Palace Restaurant, 78 Farnborough Road, Farnborough GU14 6TH
4. Gurkha Palace Restaurant, Folkestone, 97 Enbrook Valley, Folkestone, Kent CT20 3NE Tel: 01303 257700
5. Mr Bachaspati Regmi, Nirmaya Rodhi Ghar, Aldershot Tel. 07427022931

5. Kathmandu Corner, 209 Windmill Lane, Greenford UB6 9DW 02088132755

प्रतिक्रिया

सम्बन्धित सामाग्री