लन्डन । बेलायतको नेपाली समुदायमा एक भद्र समाजसेवीको रुपमा चिनिने व्यवसायी बालजंग अर्यालले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयां बढिको सहयोग प्रदान गरेका छन् । भूकम्प पीडितको सहयोगार्थ उनकै पहलमा बेलायतमा गरिएका दुई कार्यक्रमबाट संकलित ८ लाख १३ हजार ३ सय ९१ रुपैयां अर्यालले गत साता काठमाडौंमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।
भूकम्प पीडितका लागि जुटाएको सहयोग रकम लिएर आफैं नेपाल पुगेका अर्यालले गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई नै भेटेर चेक बुझाएका थिए । त्यसक्रममा अर्याल र उनकी श्रीमति कमला अर्याललाई प्रधानमन्त्री कोइरालाले विशेष धन्यवाद दिंदै विदेशमा बस्ने नेपालीले जन्मभूमिलाई दर्शाउने माया प्रशंसनीय छ भनेका थिए । त्यस्तै भूकम्पका कारण घरबारविहिन भएका गुल्मीका ३० परिवारलाई समेत अर्यालले आर्थिक सहयोग उपलब्ध गराएका छन् । आफनो पुख्र्यौली गुल्मीको शान्तिपुर आसपासको एक विकट गाउंका ती पीडित परिवारलाई प्रति परिवार दुई हजारका दरले अर्यालले कुल ६० हजार रुपैयां वितरण गरेका हुन् ।
भूकम्प पीडितको सहयोगका लागि अर्याल सञ्चालक रहेको लण्डनको सिडनहमस्थित द गोर्खाज रेष्टुरेन्टले गत मे ११ तारिखमा गरेको च्यारिटी डिनरबाट ५ लाख ७ सय ६१ रुपैयां उठेको थियो । सो सांझमा रेष्टुरेन्टले गरेको व्यापार र डोनेसन बक्समा ग्राहकहरुले गरेको सहयोगबाट उक्त रकम जम्मा भएको थियो ।
त्यसअघि मे १० तारिखमा सोहि रेष्टुरेन्टकै सहयोगमा फरेष्ट हिलस्थित हिन्दू मन्दिरमा गरिएको एक कार्यक्रमबाट ३ लाख १२ हजार ६ सय ३० रुपैयां संकलन भएको थियो । महालक्ष्मी विद्या भवन मन्दिरमा गुरु बांकिम गोसाईले गरेको भजनकिर्तन कार्यक्रमका सहभागी र सहयोगदाताहरुका लागि अर्यालकै गोर्खाज रेष्टुरेन्टले प्रसाद उपलबध गराएको थियो । त्यसक्रममा नेपाली समुदायको प्रतिनिधित्व गर्दै अर्यालसंगै एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतम, शोभा खरेल लगायत उपस्थित
थिए ।
विगत २५ वर्षभन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका अर्याल बेलायतमा लोभलाग्दो सफलता चाखेका थोरै नेपाली व्यवसायीमध्ये एक मानिन्छन् । उनको सिडेनहमस्थित गोर्खाज रेष्टुरेन्ट साउथ ईष्ट लन्डनकै लोकप्रिय नेपाली तथा इण्डियन रेष्टुरेन्टका रुपमा स्थापित छ । त्यसबाहेक अर्याल नै सञ्चालक रहेको कान्तिपुर सर्भिसेज बेलायतकै अग्रणी र पुरानो नेपाली रेमिटेन्स् कम्पनी हो । गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार तथा संस्थापकमध्येका एक अर्यालले यहांको समुदायमा एक इमान्दार व्यवसायी र भद्र समाजसेवीको छवि बनाएका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च