लन्डन । लन्डन फेल्थामस्थित गोर्खा दरवार रेष्टुरेन्टले ग्राहकहरुको मुल्यांकनका आधारमा प्रदान गरिने ट्रिप एड्भाइजर अवार्ड प्राप्त गरेको छ । २० वर्ष पुरानो उक्त रेष्टुरेन्ट सन् २०१४, २०१५ का लागि ट्रिप एड्भाइजर वीनर बनेको हो ।
रेष्टुरेन्ट सञ्चालक किरण न्यौपानेले ग्राहकका नजरमा वर्षभरि नै नम्बर वानमा रहेर उक्त सफलता मिलेको जनाए । न्यौपानेका भनाइमा हाउन्स्ले बरो अन्तर्गत फेल्थाममा रहेका ३६ रेष्टुरेन्टमध्ये गोर्खा दरवार उत्कृष्ट भएको हो । ८३ ग्राहकले रेष्टुरेन्टको सेवा र खानाबारे आफ्ना मत जाहेर गरेका थिए । ग्राहकले रेष्टुरेन्टमा स्वादिष्ट खाना भएको, कर्मचारीको मैत्रीपूर्ण व्यवहार, समयमा खाना उपलव्ध हुने र सस्तो भएको जस्ता प्रतिक्रिया दिएका छन् ।
५० सिट क्षमताको मौलिक नेपाली स्वाद पस्कने उक्त रेष्टुरेन्टले वर्थ डे लगायत अन्य विभिन्न पार्टीका लागि आउड डोर क्याटरिङ पनि गर्दै आएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा