सर्वप्रथम १६ बुँदे सहमतिले नेपाली जनतालाई साह्रै चाखलाग्दो गणितीय शिक्षा प्रदान गरेको छ । संघीयता र प्रदेश संरचनामा यसरी उल्लेख गरिएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा पहिचानका ५ र सामर्थ्यका ४ गरी जम्मा ८ प्रदेश निर्माण गरिने छ । म गणितमा कमजोर विद्यार्थी भएकोले यसलाई गलत भन्न सक्दिनँ र मैले नबुझेको पनि हुनसक्छ । फेरि त्यसलाई नामाकरण र सिमाङ्कन नगरी खाली ठाउँ राखियो । यो खाली ठाउँ राखिएकोले मेरो विद्यार्थीकालकै खाली ठाउँ भर भन्ने प्रश्नको सम्झना दिलायो । उत्तर नआएपछि मैले जे पायो त्यही भरेर दिन्थेँ र खाली ठाउँ भर्ने नै मलाई सबभन्दा सजिलो प्रश्न लाग्थ्यो । नेपाली जनतालाई मुर्ख बनाउनु खोज्दा आफैँ मुर्ख साबित भइसके चार दलका नेताहरु । काइते गर्न खोज्दा सामान्य त्रुटी हुन्छ तर त्यो सामान्य नभएर गम्भीर हुनपुग्छ ।
अबको संविधानमा पहिचानका ५ र सामर्थ्यका ४ प्रदेश दिनुपर्छ कि पर्दैन ? यसको काइते अर्थलाई नियाल्दा पहिचानका ५ र सामर्थ्यका ४ गरी ८ प्रदेश भनेपछि, खाली राखिएको अवस्थामा ५ र घोषणा गर्ने बेला पहिचान तिरको एकलाई फर्सिको मुन्टा निमोठे जस्तो निमोठेपछि त जम्मा ८ प्रदेश नै हुने भयो । र, षडयन्त्र यस्तो पनि हुन सक्छ । यस्तो प्रकारको खेललाई रकमी गर्नु भनिन्छ । म जिम्मावाल राई परिवारमा जन्मेकोले तमसुक लेख्नेदेखि लिएर मालपोतको कार्य नै हाम्रो घरमा हुने गर्दथ्यो नापी सम्पन्न नभएसम्म । र, ओल्लो गाउँको जिम्मावालले पल्लो गाउँको जिम्मावाललाई साह्रै रकमी छ भन्ने आरोप लगाउने गर्थ्यो । जसको अर्थ ठ्याक्कै यस्तै हुन आउँछ ५ र ४ जोड्दा ८ अनि २ र २ जोड्दा ५ ।
जसरी हुन्छ अब चाँडोभन्दा चाँडो संविधान निर्माण गरेर राष्ट्रिय सहमतिको सरकारमा कसैलाई प्रधानमन्त्री बन्ने हतार छ त कसैलाई राष्ट्रपति र सभामुख बन्ने हतार । हतार गरे नपुग्न सकिन्छ । विस्तारै गए गन्तव्यमा अवश्य पुगिने छ । यो यातायात साहित्य हो । फेसबुक साहित्यभन्दा पहिला यातायात साहित्य पढ्न पाइन्थ्यो यात्रुबाहक यातायातको झ्याल, ढोका अगाडि, पछाडि जताततै । त्यस्तैगरी यो हतारोले गन्तव्यमा पुर्याउने हो कि बीच बाटोमै दुर्घटनाग्रस्त हुने हो कसलाई के थाहा ? महाभूकम्पले देशलाई जर्जर बनाइदिएको छ । त्यसमाथि पनि बाढी र पहिरो थपिएको छ । पीडित जनताहरु राहत बिना छटपटाइ रहेका छन् । यस्तो अवस्थामा निश्चय पनि राजनीतिक निकासले देशलाई अग्रगामी मार्गतिर डोर्याओस् भन्ने हामी सबै नेपाली जनताको चाहना हो । कुनै पनि निर्णायक घडीमा, समय सूचक काँटाको रुपमा प्रचण्ड नै मानिन्छन् । एक पक्षले सही समय सूचकका रुपमा लिन्छ भने अर्को पक्षले गलत समय सूचकको रुपमा । अन्य चाहिँ केवल पेन्डुलम मात्र । हो अहिलेको सहमतिको निर्णायक घडीमा, प्रचण्डको समय सूचित गर्ने भूमिका हो र गरि पनि दिए । बाँकी सबै पेन्डुलम हुन् । विशेष गरेर जनजाति नेताहरुको यो पेन्डुलम पनाले छ वर्ष बितिसकेको छ ।
पहिलो संविधान सभा सम्पन्न हुनु लगत्तै बिएफबिएस गोर्खा रेडियोका सञ्चालक योगराज राईले नयाँ संविधान कस्तो निर्माण हुनुपर्छ भन्नेबारे आफ्नो विचार राख्न लगाएका थिए । म कुनै संविधानविद् होइन भन्दा पनि उनको अनुरोधमा मैले आफ्नो विचार व्यक्त गरेको थिएँ । सर्वप्रथम जनजाति नेता सबै एकढिक्का हुने, त्यसपश्चात त्यसभित्र एउटा बौद्धिक समिति चयन गरेर संघीयता बारे अधिराज्यव्यापी सेमिनार गोष्ठी गरेर त्यहाँका जनताहरुलाई छर्लङ्ग बुझाउनु पर्ने थियो । जो कि त्यहाँको जनजातिले अन्य जातिलाई यो मेरो मात्र भूमि हो भनेर खुकुरी लिएर लखेटेर डाँडा कटाउन नखोजोस् र अन्य जातिले पनि आफ्नो अधिकार सुरक्षित भएको अनुभूत गरोस् । किनभने दुर्गम गाउँमा बस्ने जनसाधारणले संघीयता भनेको सुनेकै थिएनन् र तिनीहरुले सुन्ने बित्तिकै गलत अर्थमा व्याख्या गर्न थाल्नेछन् । त्यही भएर त्यो चयन गरिएको बौद्धिक समितिले कुनाकाप्चा जताततै पुगेर बुझाउन सक्नुपर्थ्यो । र, संघीयता सीमाङ्कनको लागि भौगोलिक, ऐतिहासिक र सामाजिक रुपमा पूर्णज्ञान भएको व्यक्ति हुनुपर्दथ्यो । त्यस्ता बौद्धिक व्यक्ति नेपालमा नगन्य मात्र होलान् जसले संघीयताको तराजु उचालेर नापतौल गर्न सकोस् । नभए यो संघीयता नै घाँडो भएर झुण्डिने छ संविधान निर्माणमा बाधक भएर भनेको थिएँ ।
नभन्दै संघीयताले गर्दा नै पहिलो संविधान सभाको अवसान गरायो । संविधान सभाको दोस्रो चुनावमा पहिचान पक्षधर भोट माग्न गए, संघीयता बारे बुझाएको भए पो भोट दिन्थे जनजातिले जनजातिको नेतालाई । हैट, पहिचानले देश विखण्डन हुन्छ भन्दै पहिचान विरोधीलाई भोट दिए । यो मतदाताको गल्ती होइन पहिचानवादी नेताको गल्ती हो । जुनबेला मैले बुझेर र नबुझेर जनजाति नेताहरु सबै एकढिक्का हुनुपर्छ भनिरहेको थिएा, अशोक राई, सुवास नेम्वाङ्गहरु एमालेमा निर्धक्क पेन्डुलम बनेर हल्लिरहेका थिए । उनीहरुको निर्णायक काँटा त अरु नै थिए । अशोक राईजीले पेन्डुलम नबन्ने र आफैँ निर्णायक काँटा बन्नुपर्छ भनेर निस्किँदा ढिला भइसकेको अवस्था थियो । पार्टीबाट निस्किनासाथ बेतोडले चिसो फलाम ठटाउन थाले अलिअलि कुच्चियो मात्रै चाहेको आकार ग्रहण गर्न सकेन । आफूले चाहेको जस्तो आकार बनाउनका लागि त फलाम तात्तिएको बेला ठोक्न सक्नुपर्छ । फेरि गएर अन्तमा प्रचण्डको पेन्डुलम । प्रचण्डको निर्णायक काँटाले ९ हिर्काउनु पर्नेमा ८ हिर्काएको भनिएको छ अब पेन्डुलम भएर हल्लिनेहरुले १२ देखि १४ सम्म हिर्काउनु पर्ने जिकिरका साथ हल्लिरहेकै छन् टिक्लिक…. टिक्लिक…. टिक्लिक ।
पिटरब्रो, युके
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित