लन्डन । ब्रिटिश सेनामा गोर्खा प्रवेशको दुई सय वर्ष गांठ कार्यक्रम हुंदै थियो ९ जुन सांझ लन्डनस्थित रोयल हस्पिटल चेल्सीमा । बेलायती महारानी एलिजावेथ द्वितिया, राजकुमार फिलिप, राजकुमार चाल्र्स र ह्यारीसमेत सामेल थिए उक्त समारोहमा । तर, सबैभन्दा बढि आकर्षणको केन्द्रमा रहे ह्यारी । गोर्खाहरु भनेपछि सधैं नतमस्तक हुने उनी त्यतिबेला केही नयां खुलासाले पनि मिडियामा बढि छाए । १४०० बढि पाहुनामाझ उनले गोर्खाहरुको खुलेरै प्रशंसा गरे । ‘म गोर्खाहरु देखेर म सधैं झुक्ने गर्छु’, ह्यारीले भनेका थिए, ‘उनीहरु अद्वितिय छन् ।’
बेलायती अखवारले उच्च प्राथमिकता दिएको अर्को कारण के थियो भने प्रिन्स ह्यारीले समारोहमा आफू गोर्खा बन्न चाहे पनि समयले साथ नदिएको खुलाएका थिए । बोर्न फ्रि फाउण्डेशनकी संस्थापक भर्जिनिया म्याककेन्नासंग उनले यस्तो खुलाएका हुन् । भर्जिनियाका पति बिल ट्रेभर्स पनि ९ औं गोर्खाज्मा थिए । ‘म सधैं गोर्खा बन्न चाहन्थे तर अवसर कहिल्यै आएन’, उनको गुनासोलाई मिडियाले बढि हाइलाइट गरिदिए । उनले सन् २००७ मा अफगानिस्तान युद्धमोर्चामा छंदा गोर्खा बटालियनसंग खसीको मासु र भात खाएको पनि खुलाएका थिए ।
३० वर्षीय ह्यारीले दश वर्षपछि यही महिनाको अन्त्यतिर आर्मी छोड्दैछन् ।
बेलायती राजपरिवार र गोर्खाहरुबीच भावनात्मक सम्वन्ध छ । उक्त समारोहमा प्रिन्स ह्यारी गोर्खाहरुसंग बढि नै घुलमिल भए । उनीसंग तस्विर खिचाउन गोर्खा र तिनका परिवार निकै लालयित देखिन्थे ।
ह्यारी अफगानिस्तान युद्धमा गोर्खा बटालियनका साथ उत्रिएका थिए । सन् २०१० मा अफगानिस्तानको हेल्माण्ड प्रान्तमा झण्डै ३० जना तालिवान लडाकुलाई एक्लैले हराएर कस्पिसियस ग्यालेन्ट्री क्रस पदक प्राप्त गर्ने सार्जेन्ट दीपप्रसाद पुनलाई बधाइ समेत दिए ह्यारीले । ह्यारी सन् २००७ मा सार्जेन्ट पुनसंगै गार्मसीरमा थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते