लन्डन । ब्रिटिश सेनामा गोर्खा प्रवेशको दुई सय वर्ष गांठ कार्यक्रम हुंदै थियो ९ जुन सांझ लन्डनस्थित रोयल हस्पिटल चेल्सीमा । बेलायती महारानी एलिजावेथ द्वितिया, राजकुमार फिलिप, राजकुमार चाल्र्स र ह्यारीसमेत सामेल थिए उक्त समारोहमा । तर, सबैभन्दा बढि आकर्षणको केन्द्रमा रहे ह्यारी । गोर्खाहरु भनेपछि सधैं नतमस्तक हुने उनी त्यतिबेला केही नयां खुलासाले पनि मिडियामा बढि छाए । १४०० बढि पाहुनामाझ उनले गोर्खाहरुको खुलेरै प्रशंसा गरे । ‘म गोर्खाहरु देखेर म सधैं झुक्ने गर्छु’, ह्यारीले भनेका थिए, ‘उनीहरु अद्वितिय छन् ।’
बेलायती अखवारले उच्च प्राथमिकता दिएको अर्को कारण के थियो भने प्रिन्स ह्यारीले समारोहमा आफू गोर्खा बन्न चाहे पनि समयले साथ नदिएको खुलाएका थिए । बोर्न फ्रि फाउण्डेशनकी संस्थापक भर्जिनिया म्याककेन्नासंग उनले यस्तो खुलाएका हुन् । भर्जिनियाका पति बिल ट्रेभर्स पनि ९ औं गोर्खाज्मा थिए । ‘म सधैं गोर्खा बन्न चाहन्थे तर अवसर कहिल्यै आएन’, उनको गुनासोलाई मिडियाले बढि हाइलाइट गरिदिए । उनले सन् २००७ मा अफगानिस्तान युद्धमोर्चामा छंदा गोर्खा बटालियनसंग खसीको मासु र भात खाएको पनि खुलाएका थिए ।
३० वर्षीय ह्यारीले दश वर्षपछि यही महिनाको अन्त्यतिर आर्मी छोड्दैछन् ।
बेलायती राजपरिवार र गोर्खाहरुबीच भावनात्मक सम्वन्ध छ । उक्त समारोहमा प्रिन्स ह्यारी गोर्खाहरुसंग बढि नै घुलमिल भए । उनीसंग तस्विर खिचाउन गोर्खा र तिनका परिवार निकै लालयित देखिन्थे ।
ह्यारी अफगानिस्तान युद्धमा गोर्खा बटालियनका साथ उत्रिएका थिए । सन् २०१० मा अफगानिस्तानको हेल्माण्ड प्रान्तमा झण्डै ३० जना तालिवान लडाकुलाई एक्लैले हराएर कस्पिसियस ग्यालेन्ट्री क्रस पदक प्राप्त गर्ने सार्जेन्ट दीपप्रसाद पुनलाई बधाइ समेत दिए ह्यारीले । ह्यारी सन् २००७ मा सार्जेन्ट पुनसंगै गार्मसीरमा थिए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण