
लन्डन । प्लेमाउथ नेपलिज कम्युनिटीले भूकम्प पीडितका लागि ६ हजार पाउण्ड (करिब दश लाख रुपैयां) प्रदान गरेको छ । कम्युनिटीले बकेट र अन्य अभियानबाट संकलित रकम गैर आवासीय नेपाली संघ, बेलायतलाई हस्तान्तरण गरेको हो ।
कम्युनिटी अध्यक्ष दिपक ढकालले प्लेमाउथवासी बेलायतीको सहयोगी भावनाको प्रशंसा गर्दै दाताहरुप्रति आभार व्यक्त गरेका छन् । संस्थाले १२ दिनजति प्लेमाउथका सडकमा गएर चन्दा संकलन गरेको थियो । ढकालले उक्त रकम पुनर्निर्माणमा खर्च गर्न आव्हान गरिने जनाए ।
प्लेमाउथ सिटी काउन्सिलले पनि कोषवृद्धि अभियानमा साथ दिएको थियो । काउन्सिलका कर्मचारी केभिन म्याक केन्जीले लन्च ब्रेकमा ४१३ पाउण्ड संकलन गरेका थिए ।
उता, प्लेमाउथकै नेपाली रेष्टुरेन्ट द गंगेज एण्ड गोर्खा रेष्टुरेन्टले आगामी २८ जुनमा एउटा च्यारिटी डिनर गर्ने भएको छ । रेष्टुरेन्ट सञ्चालक लक्ष्मण गिरीले डिनर र संगीतसहितको कार्यक्रम गरि चन्दा संकलन गरिने जनाए । गत महिना उक्त रेष्टुरेन्टले यस्तै कार्यक्रम गरि १५०० पाउण्ड संकलन गरेको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने