लन्डन । गुल्मी जिल्ला समाज यूकेले नेपालको भूकम्प पीडितका लागि कुल १० लाख रुपैयां सहयोग उपलब्ध गराएको छ । समाजका पदाधिकारीहरुले बुधबार लन्डन दूतावास गएर कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई पांच लाख रुपैयां हस्तान्तरण गरे भने बेग्लै ५ लाख रुपैयां गुल्मी जिल्लामै दिइएको हो ।
समाजका अध्यक्ष अर्जुन गौतम, महासचिव राम गलामी, सचिव शिव भण्डारी ,सह कोषाध्यक्ष राजन खरेल, सल्लाहकार कमल भण्डारी, सल्लाहकार गोकर्ण बस्नेत, मिडिया सेक्रेटरी फडिन्द्र भट्टराई लगायत अन्य सदस्यहरु दूतावास पुगेका थिए ।
आफ्ना सदस्य एवं शुभचिन्तकहरुबाट संकलित रकम दूतावासमार्फत् प्रधानमन्त्री राहत कोष पठाउन चेक हस्तान्तरण गरिएको समाजका महासचिव राम गलामीले जानकारी दिए । चेक बुझेपछि कार्यवाहक राजदूत क्षेत्रीले समाजका पदाधिकारीलाई धन्यवाद दिंदै समाजको सामाजिक कार्यको प्रशंसा गरे ।
उता, गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार मोती भण्डारीले बुधबार नै जन्मभूमि गुल्मी पुगी जिल्ला राहत कोषमा ३ लाख रुपैयां हस्तान्तरण गरेका छन् । यसअघि भूकम्प लगत्तै गत मे १६ तारिखमा समाजका मिडिया सेक्रेटरी फडिन्द्र भट्टराईले गुल्मी जिल्लाको भूकम्पग्रस्त क्षेत्र खड्ककोट पुगी दैवी प्रकोप राहत कोषमार्फत् २ लाख रुपैयांभन्दा बढिको तत्काल आपतकालीन सहयोग वितरण गरेका थिए ।
गुल्मी जिल्ला समाज यूकेले विनासकारी भूकम्पलगत्तै अप्रिल २६ मा आफनो वार्षिक साधारण सभामार्फत् समाजका सदस्य एवं शुभचिन्तकमा अपिल गर्दै चन्दा संकलन थालेको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा