
लन्डन । नेपाली गीत संगीतको विश्व बजारको दायरा फराकिलो भए संगै नेपाली गीतको भिडियो निर्माणमा तीव्रता आएको छ । साथै देशमा मात्र नभएर विदेशका विभिन्न स्थानमा समेत नेपाली म्यूजिक भिडियोहरु निर्माण गर्ने क्रम आकाशिएको छ ।
प्रविधिको विकाससंगै भिडियोमा पृथक प्रयोग सबैको अपेक्षा छ यतिखेर । यही क्रममा विल्कुल नयां प्रयोगका साथ बेलायतमा एक भिडियो निर्माण भएको छ । रमेश दहालको शब्द, जेम्स प्रधानको संगीत रहेको गीतमा भिडियो बनेको हो । यसमा शैलेश महर्जनको स्वर छ र शैलेशको पहिलो गीत हो यो । यही गीतमा बेलायतको बोर्नमाउथ, आयल अफ वेट, पोल सेन्टर लन्डन जस्ता निकै महंगो र रमणीय लोकेसनमा भिडियो छायांकन गरिएको छ । भिडियो भिन्न देखाउने उद्देश्यले भिडियोमा ड्रोनको प्रयोग गरिएको छ भने पानी मुनी र समुद्री बोटमा पनि छायांकन गरिएको छ । यू ट्यूबबाट केही साता अघि नै सार्वजनिक गरिएको यो भिडियो नेपाली विभिन्न संचार माध्यमबाट यसै साता सार्वजनिक गरिंदै छ ।
भिडियो छायांकन, सम्पादन तथा निर्देशन लन्डनस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।
भिडियोमा बेलायतको नेपाली डायष्पोराकी चर्चित मोडल तथा नायिका सव्रिना श्रेष्ठको हट अवतार देख्न सकिन्छ । तीन दिन लगाएर छायांकन गरिएको हो भिडियो । यस भिडियोमा कुशललाई प्रविधितर्फ कृष्ण सुवेदी, सूर्य मोक्तान, दिपस कार्की लगायतले साथ दिएका छन् । हरेक भिडियोमा फरकपन ल्याउन चाहने निर्देशक श्रेष्ठ यो भिडियो पनि अन्य भन्दा फरक भएको दावी गर्छन् । श्रेष्ठले एक दर्जनभन्दा बढी भिडियो निर्देशन गरिसकेका छन् ।
भिडियो
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता