लन्डन । बेलायतमा नेपाली व्यवसायीद्वारा संचालित एउटा रेष्टुरेण्टले हस्पिटालिटी क्षेत्रको एउटा उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । गुणस्तरीय खाना तथा ग्राहकको सेवा मार्फत ख्याति कमाउन सफल माउण्टेन भ्यू रेस्टुरेन्टले करी ओस्कारको रुपमा चिनिने करी लाइफ बिज्नेस् अचिभमेन्ट अवार्ड हात पारेको हो ।
लन्डनको पार्क प्लाजा होटलमा आयोजित बिशेष समारोहबीच रेस्टुरेन्टका प्रोप्राइटर दाशु पाण्डेलाई उक्त अवार्ड प्रदान गरिएको थियो । हजारौ प्रतिष्पर्धीबाट छानिएका रेस्टुरेन्टमध्ये यो अवार्ड हात पार्ने माउण्टेन भ्यू एक मात्र नेपाली रेस्टुरेन्ट थियो । करिव ६ सयको संख्यामा निम्त्याइएका विशिष्ट पाहुनाहरुको उपस्थिति रहेको उक्त समारोहमा रेस्टुरेन्टसंग सम्वद्ध आफन्तजन सहित केही नेपाली पत्रकारहरु समेत सहभागी थिए ।
उक्त समारोहमा बेलायती संसदमा प्रमुख प्रतिपक्षी लेबर पार्टीकी नेत्री टेसा जोयल, बेलायती संसदको होम अफेयर्स सेलेक्ट कमिटिका चेयरम्यान किथ भाज लगायत थुप्रै मन्त्री, सांसद तथा उच्च सरकारी ओहोदाका विशिष्ट व्यक्तित्वहरुले समेत मन्तव्य दिएका थिए ।
“काम प्रतिको निरन्तर लगाव नै सफलताको कारक बन्दो रहेछ, यो प्राप्तिलाई पनि मैले त्यहि रुपमा लिएको छु“, अवार्ड पाएपछि होटलकै मेडिया डेस्कबाट संक्षिप्त प्रतिक्रियामा पाण्डेले भने । नेपालको गुल्मी जिल्ला घर हुने पुरस्कृत पाण्डे वर्षौ देखि लन्डनमा रेस्टुरेण्ट व्यवसायमा संलग्न छन् ।
गैर आवासीय नेपाली संघ बेलायतका सचिव समेत रहेका पाण्डे बेलायतका नेपाली समुदायबीच समाजसेवीका रुपमा निकै सक्रिय छन् । रेस्टुरेन्टसंगै आवद्ध रोमनाथ पाण्डेले व्यवसायका लागि यो अत्यन्तै खुसीको क्षण भएको बताए । लन्डनमा माउण्टेन भ्यू रेस्टुरेण्ट्का दुई शाखा सफल रुपमा सञ्चालनमा छन् । बेलायतमा रहेका करिव ८ हजार इन्डियन रेस्टुरेण्टमध्ये नेपाली र इण्डियन परिकारहरु पस्किने दुई सय भन्दा बढि रेस्टुरेण्ट नेपाली व्यवसायीद्वारा सञ्चालित छन् ।
नेपाली स्वादप्रति बेलायतीहरुको क्रेज बढदै गर्दा रेस्टुरेण्ट व्यवसायको रुपमा धेरै नेपाली सफल र स्थापित बन्दै गइरहेका छन् । यहांका नेपाली रेस्टुरेण्टहरु विदेशमा स्वदेशी खानाका परिकार मार्फत देशको पहिचान झल्काउने माध्यम समेत बन्ने गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने