लन्डन । बेलायतमा नेपाली व्यवसायीद्वारा संचालित एउटा रेष्टुरेण्टले हस्पिटालिटी क्षेत्रको एउटा उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । गुणस्तरीय खाना तथा ग्राहकको सेवा मार्फत ख्याति कमाउन सफल माउण्टेन भ्यू रेस्टुरेन्टले करी ओस्कारको रुपमा चिनिने करी लाइफ बिज्नेस् अचिभमेन्ट अवार्ड हात पारेको हो ।
लन्डनको पार्क प्लाजा होटलमा आयोजित बिशेष समारोहबीच रेस्टुरेन्टका प्रोप्राइटर दाशु पाण्डेलाई उक्त अवार्ड प्रदान गरिएको थियो । हजारौ प्रतिष्पर्धीबाट छानिएका रेस्टुरेन्टमध्ये यो अवार्ड हात पार्ने माउण्टेन भ्यू एक मात्र नेपाली रेस्टुरेन्ट थियो । करिव ६ सयको संख्यामा निम्त्याइएका विशिष्ट पाहुनाहरुको उपस्थिति रहेको उक्त समारोहमा रेस्टुरेन्टसंग सम्वद्ध आफन्तजन सहित केही नेपाली पत्रकारहरु समेत सहभागी थिए ।
उक्त समारोहमा बेलायती संसदमा प्रमुख प्रतिपक्षी लेबर पार्टीकी नेत्री टेसा जोयल, बेलायती संसदको होम अफेयर्स सेलेक्ट कमिटिका चेयरम्यान किथ भाज लगायत थुप्रै मन्त्री, सांसद तथा उच्च सरकारी ओहोदाका विशिष्ट व्यक्तित्वहरुले समेत मन्तव्य दिएका थिए ।
“काम प्रतिको निरन्तर लगाव नै सफलताको कारक बन्दो रहेछ, यो प्राप्तिलाई पनि मैले त्यहि रुपमा लिएको छु“, अवार्ड पाएपछि होटलकै मेडिया डेस्कबाट संक्षिप्त प्रतिक्रियामा पाण्डेले भने । नेपालको गुल्मी जिल्ला घर हुने पुरस्कृत पाण्डे वर्षौ देखि लन्डनमा रेस्टुरेण्ट व्यवसायमा संलग्न छन् ।
गैर आवासीय नेपाली संघ बेलायतका सचिव समेत रहेका पाण्डे बेलायतका नेपाली समुदायबीच समाजसेवीका रुपमा निकै सक्रिय छन् । रेस्टुरेन्टसंगै आवद्ध रोमनाथ पाण्डेले व्यवसायका लागि यो अत्यन्तै खुसीको क्षण भएको बताए । लन्डनमा माउण्टेन भ्यू रेस्टुरेण्ट्का दुई शाखा सफल रुपमा सञ्चालनमा छन् । बेलायतमा रहेका करिव ८ हजार इन्डियन रेस्टुरेण्टमध्ये नेपाली र इण्डियन परिकारहरु पस्किने दुई सय भन्दा बढि रेस्टुरेण्ट नेपाली व्यवसायीद्वारा सञ्चालित छन् ।
नेपाली स्वादप्रति बेलायतीहरुको क्रेज बढदै गर्दा रेस्टुरेण्ट व्यवसायको रुपमा धेरै नेपाली सफल र स्थापित बन्दै गइरहेका छन् । यहांका नेपाली रेस्टुरेण्टहरु विदेशमा स्वदेशी खानाका परिकार मार्फत देशको पहिचान झल्काउने माध्यम समेत बन्ने गरेका छन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी