लन्डन । बेलायतको नेपाली समुदायमा खेलकुद विकासका लागि निरन्तर सक्रिय सहारा यूकेले अल्डरसट टाउन एफसीको सेयर खरिद गरेको छ । सहारा यूकेले दश हजार पाउण्डको शेयर खरिद गरेर क्लवसंगको सम्वन्ध अरु प्रगाढ बनाएको हो । अल्डरसटस्थित नेपाली र स्थानीय समुदायबीच केही वर्ष यता देखिएको समायोजन समस्या यो आवद्धतासंगै अन्त्य हुने अपेक्षा छ । शेयरपछि क्लवको बोर्ड अफ डाइरेक्टरमा मेख गुरुङ चुनिएका छन् ।
दिलिप गुरुङको अध्यक्षतामा सहारा यूके बेलायतको च्यारिटी संस्थामा औपचारिक रुपमा दर्ता भए लगत्तै अल्डरसट टाउन एफसीसंग आवद्ध हुने प्रक्रियाले मुर्त रुप लिएको थियो । ‘मेरै कार्यकालमा गत वर्ष यस सम्वन्धि प्रक्रिया अघि बढेको थियो’, सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङले वीनेपालीसंग भने, ‘संस्था च्यारिटीमा दर्ता भइसकेपछि औपचारिक रुपमा हामीले शेयर किन्यौं ।’ उनले अल्डरसटमा नेपाली र ब्रिटिश समुदायबीच समायोजन समस्या खेलमार्फत अन्त्य हुने विश्वासले क्लवसंग सम्वन्ध अरु बढाइएको पनि खुलाए ।
अल्डरसट टाउन फुटबल क्लवका अध्यक्ष पाकिस्तानी मुलका बेलायती नागरिक साहिद अजिमले नयां सम्झौतापछि नेपाली समुदायसंगको सम्वन्ध अरु झांगिने विश्वास व्यक्त गरेका छन् । गत फेब्रुअरीमा आफ्नो क्लवका पदाधिकारी र खेलाडीले नेपाल जांदा पाएको न्यानो स्वागत स्मरण गर्दै अजिमले ब्रिटेनलाई नेपाल (विशेषगरि गोर्खा) ले लगाएको गुन केही भएपनि तिर्न चाहेको बताए ।
चर्चित बेलायती अभिनेत्री जोआना लुम्लेले केही समय अघि अल्डरसट ‘जातीय विभेदको शहर’ भन्ने विवादास्पद अभिव्यक्ति दिएको भन्दै रुष्ट अजिमले त्यो प्रमाणित गर्न अभिनेत्रीलाई चुनौती समेत दिए ।
भूकम्प पीडितलाई सहयोग जुटाउंदै सहारा यूके
यसैबीच, सहारा यूके भूकम्प पीडितलाई सहयोग जुटाउन क्रियाशिल देखिएको छ । सहारा यूकेका उपाध्यक्ष मिन गुरुङको संयोजकत्वमा पीडितका लागि १५ हजार पाउण्ड उठाउने लक्ष्य सहित चन्दा संकलन अघि बढेको हो । हालसम्म ५ हजार पाउण्ड बढि उठेको छ । संकलित रकमबाट भूकम्पले ध्वस्त विद्यालय निर्माण गरिदिने संस्थाको योजना छ ।
संस्थापक अध्यक्ष नवीन गुरुङले स्टोकेनचर्चबाट औषधि, लत्ता कपडा, खाद्य सामाग्री, पानी शुद्ध गर्ने ट्याब्लेट गरि करिब २५ हजार पाउण्ड बराबरको दुई टन सामाग्री नेपाल पठाइसकेको जानकारी दिए । २५ सय पाउण्ड बराबरको लामखुट्टे झुल र वाइ वाइ चाउचाउ समेत प्रदान गरिएको उनले बताए ।
फ्रिम्ली हस्पिटलसंगको सहकार्यमा करिब दश हजार पाउण्ड बराबरको २०० नयां क्रचेस्, अक्सिजन मास्क, असहायका लागि आवश्यक सामाग्री आदि नेपाल गइसकेको छ । सहारा यूकेले केही सेलिब्रेटी साथ लिएर नेपालमा अरुण चौधरी फाउण्डेशन र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयांलको संयोजनमा सिन्धुपाल्चोक, गोर्खा र भक्तपुरमा राहत वितरण भइरहेको जनाएको छ ।
उता, अल्डरसट टाउन एफसी मैदानमा चेल्सी र लिभरपुल अण्डर २१ बीचको म्याचमा उठेको ४ हजार पाउण्ड पनि सहारा मार्फत पीडितलाई हस्तान्तरण
गर्ने कार्यक्रम छ ।
सहारा यूकेले हेन्ली कलेजसंग मिलेर संकलन गरेको दुई टन सेकेन्ड ह्याण्ड कपडा अनि टेन्ट भने नेपाल सरकारको वितरणमा बन्देज लगाउने नयां नीतिका कारण रोकिएको छ ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?