लन्डन । नेपलिज एसोसिएसन अफ विल्सायर (स्वीन्डन) ले नेपालको भूकम्प पीडितका लागि २० हजार पाउण्ड (करिब ३२ लाख रुपैयां) प्रदान गरेको छ ।
एसोसिएसन अध्यक्ष राजनकुमार क्षेत्रीले आइतबार संस्थाको बैठकका अवसरमा एनआरएनए आइसीसी ग्लोबल च्यारिटी फण्डका संयोजक कुल आचार्यलाई २० हजार पाउण्डको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, एनआरएनए आइसीसी सल्लाहकारहरु डमर घले र विश्व आदर्श पण्डित लगायत संस्थाका पदाधिकारी सहभागी थिए ।
एसोसिएसनले भूकम्प पीडित पत्रकारका लागि नेपाल पत्रकार महासंघ, बेलायत शाखामार्फत ५ सय पाउण्ड बेग्लै प्रदान गरेको छ । शाखा अध्यक्ष चिरन शर्माले उक्त रकमको चेक लिएका हुन् ।
एसोसिएसनका उपाध्यक्ष श्यामकुमार पुनको संयोजकत्वमा संस्थाले चन्दा संकलन कार्य अगाडि बढाएको थियो । अध्यक्ष क्षेत्रीले हालसम्म २३ हजार ६ पाउण्ड उठेको जनाउंदै संकलन कार्य जारी रहेको बताए । बांकी संकलित रकम दोश्रो चरणमा फेरि प्रदान गरिनेछ । भूकम्प पीडितका लागि एसोसिएसन सदस्यहरु, बेलायती शुभचिन्तक, बंगाली तथा अन्य विभिन्न संघसंस्थाले सहयोग प्रदान गरेका थिए । दाताप्रति संस्था आभारी छ ।
एसोसिएसनले एनआरएनए आइसीसीले भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने प्रतिवद्धता गरेकामा स्वागत गर्दै आफूले प्रदान गरेको रकमले निर्माण हुने घरमा आफ्नो संस्थाको नाम राखिदिन प्रस्ताव गरेको छ । अध्यक्ष क्षेत्रीले एनआरएनए आइसीसी अध्यक्ष शेष घलेलाई उक्त प्रस्ताव राखेपछि घलेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
यसैबीच, बैठकले आगामी ८ अगष्टमा स्वीन्डन कप गर्ने निर्णय गरेको छ । स्वीन्डनस्थित न्यू कलेज ग्राउण्डमा उक्त फुटबल प्रतियोगिता गर्ने तय भएको हो ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट