लन्डन । नेपलिज एसोसिएसन अफ विल्सायर (स्वीन्डन) ले नेपालको भूकम्प पीडितका लागि २० हजार पाउण्ड (करिब ३२ लाख रुपैयां) प्रदान गरेको छ ।
एसोसिएसन अध्यक्ष राजनकुमार क्षेत्रीले आइतबार संस्थाको बैठकका अवसरमा एनआरएनए आइसीसी ग्लोबल च्यारिटी फण्डका संयोजक कुल आचार्यलाई २० हजार पाउण्डको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, एनआरएनए आइसीसी सल्लाहकारहरु डमर घले र विश्व आदर्श पण्डित लगायत संस्थाका पदाधिकारी सहभागी थिए ।
एसोसिएसनले भूकम्प पीडित पत्रकारका लागि नेपाल पत्रकार महासंघ, बेलायत शाखामार्फत ५ सय पाउण्ड बेग्लै प्रदान गरेको छ । शाखा अध्यक्ष चिरन शर्माले उक्त रकमको चेक लिएका हुन् ।
एसोसिएसनका उपाध्यक्ष श्यामकुमार पुनको संयोजकत्वमा संस्थाले चन्दा संकलन कार्य अगाडि बढाएको थियो । अध्यक्ष क्षेत्रीले हालसम्म २३ हजार ६ पाउण्ड उठेको जनाउंदै संकलन कार्य जारी रहेको बताए । बांकी संकलित रकम दोश्रो चरणमा फेरि प्रदान गरिनेछ । भूकम्प पीडितका लागि एसोसिएसन सदस्यहरु, बेलायती शुभचिन्तक, बंगाली तथा अन्य विभिन्न संघसंस्थाले सहयोग प्रदान गरेका थिए । दाताप्रति संस्था आभारी छ ।
एसोसिएसनले एनआरएनए आइसीसीले भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने प्रतिवद्धता गरेकामा स्वागत गर्दै आफूले प्रदान गरेको रकमले निर्माण हुने घरमा आफ्नो संस्थाको नाम राखिदिन प्रस्ताव गरेको छ । अध्यक्ष क्षेत्रीले एनआरएनए आइसीसी अध्यक्ष शेष घलेलाई उक्त प्रस्ताव राखेपछि घलेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
यसैबीच, बैठकले आगामी ८ अगष्टमा स्वीन्डन कप गर्ने निर्णय गरेको छ । स्वीन्डनस्थित न्यू कलेज ग्राउण्डमा उक्त फुटबल प्रतियोगिता गर्ने तय भएको हो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा