लन्डन । सन् २००६ को त्यो रात । अफगानिस्तानको हेलमान्ड प्रान्तस्थित नोजादमा तालिवान लडाकु एके ४७ राइफल बोकेर सांघुरो गल्लीबाट गोर्खा भएतिरै घस्रंदै थिए, चितुवा जसरी । त्यो अंध्यारोमा लडाकु घस्रेर आफूतिर आइरहेको नाइट भिजन चस्माले नियालिरहेका थिए डब्लु ओ टु कैलाश लिम्बुले । ‘मलाई राम्ररी हेक्का छ त्यो लडाकु म र मेरा सहयोद्धालाई मार्न अगाडि घसे्रर १० मिटर नजिक आइसकेको थियो’, घट्नाको करिब ९ वर्षपछि लिम्बुले दि टेलिग्राफ संवाददातासंग स्मरण गरेका छन्, ‘हामी त नोजादवासी नागरिकको रक्षाका लागि त्यहां खटिएका थियौं, मान्छे मार्न थिएन । तर, उसले (लडाकु) ले त म र मेरा सहयोद्धालाई पो मार्न खोज्यो ।’
शुरुमा अलिक अत्तालिए लिम्बु, रिसले आक्रोशित पनि । हरेश चाहिं खाएनन् । त्यतिबेला २४ मात्र टेकेका उनी प्लाटुनमा सेक्सन लिडर थिए । ब्रिटिश सेनाका सर्भिङ साहसी लिम्बुले गल्लीतिर लुकेको लडाकुतिर निसाना लगाए । घिस्रिंदै अगाडि बढेको लडाकु चिच्यायो, उनका सहयोद्धाले झ्याप्प उसलाई समातिहाले ।
घट्ना यतिमात्र थिएन । सन् २००६ को समर, स्थिति सामान्य तुल्याउन तालिवानसंग गोर्खाहरुले झण्डै महिनादिन भयंकर लड्नु परेको थियो । चिनुक हेलिकप्टरमा नोवाद गएको लिम्बु र उनको प्लाटुनले शुरुमा ४८ घण्टाभित्र लडाकु नियन्त्रणमा आउने ठानेका थिए तर झण्डै घेरा हालेर स्थिति साम्य पार्न महिना दिन लाग्यो । गोर्खाले त्यो काण्डमा करिब एकसय जना लडाकु मारिदिएको विश्वास गर्छन् भने ५० हजार राउण्ड गोलीबारुद सकिएको थियो ।
डब्लुओटु लिम्बु सम्झन्छन्, ‘ति लडाकुहरु साहसी थिए तर मलाई ति प्रति गोली हानेकामा कत्ति पछुतो छैन् किनभने तिनीहरु हामीलाई मार्न कोशिस गरिरहेका थिए ।’ कैलाश लिम्बुले ति सबै घट्ना समावेश गरेर आत्मकथा
तयार पारेका छन् । सेवामा रहेकै बेला गोर्खाले लेखेको त्यो पहिलो आत्मकथा हुनेछ ।
संयोग कस्तो भने, यसै वर्ष ब्रिटिश सेनामा गोर्खा भर्तीको २०० वर्ष पुगेको अवसरमा लिम्बुको आत्मकथा आउन लागेको छ ।
अहिले ३३ वर्ष लागेका लिम्बु सेकेन्ड बटालियन रोयल गोर्खा राइफल्स् फोक्सटोनमा सेवारत छन् । उनी आफूलाई पहाडमा हुर्के बढेको सामान्य युवा ठान्छन् जसले १५ वर्षको उमेरसम्म पनि कार देख्न पाएका थिएनन् । उनी भन्छन्, ‘जब म हुर्किरहेको थिएं, मेरो हजुरबा भन्नुहुन्थ्यो यदि तिमी छोरा मान्छे बन्ने भए ब्रिटिश आर्मीमा भर्ती होऊ ।’
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न