रोयल अल्बर्टपछि नेपथ्य कन्सर्ट

nepathya-in-wembley-uk-concert-86
लन्डन । दि रोयल अल्बर्ट हलको कन्सर्ट सकिएलगत्तै भूकम्प पीडितमै समर्पित अर्को वृहत 
कन्सर्ट हुने भएको छ । इलाइट्स क्रुले नेपथ्य ब्याण्ड लन्डन ल्याउन लागेको हो । आयोजक मध्ये एक एलबीजेड गुरुङले आगामी ८ अगष्ट सांझ ओटु एकेडेमी 
ब्रिक्सटनमा कन्सर्ट हुन लागेको जनाए । ‘कार्यक्रम मनोरञ्जनसंगै भूकम्प पीडितको सहयोगमा केन्द्रित गर्ने सोच छ’, गुरुङले भने, ‘कार्यक्रममा आइदिएर पीडितलाई सहयोग गरिदिन सबैमा हाम्रो आग्रह छ ।’उक्त समूहले गत डिसेम्बरमा मात्र युवामाझ चर्चित गायक दिव्या सुब्बा र रक ब्याण्ड अल्बाट्रोसलाई पहिलोपटक लन्डन ल्याएर ट्रोक्सीमा सफल कन्सर्ट गरेको 
थियो ।  इलाइट्स क्रुमा एलबीजेड गुरुङ, म्याक्सी गुरुङ, विजय गुरुङ, सुरज सिंह, सन्जय पुन, पवन गुरुङ लगायत छन् ।

आयोजककै भनाइमा कन्सर्टबारे

प्रतिक्रिया

सम्बन्धित सामाग्री