लन्डन । विश्व प्रसिद्ध लन्डन रोयल अल्बर्ट हलमा भूकम्प पीडितका लागि पहिलोपटक नेपालीले गर्न लागेको कन्सर्टको टिकट बुकिङ अनलाइन मार्फत शुरु भएको छ । शुक्रवार बिहानबाट शुरु भएको टिकट सोचेभन्दा अप्रत्यासित विक्री भएको आयोजकले जनाएका छन् । ‘टिकट अब धेरै बांकी छैन् भन्ने खवर आएको छ’, शोका परिकल्पनाकार गायक योगेश्वर अमात्यले वीनेपालीसंग भने, ‘म आफैंले लिन सकिरहेको छैन् ।’ हेल्प नेपाल नेटवर्क यूकेको संयोजनमा आगामी जुन २८ तारिख सांझ कन्सर्ट हुंदैछ । ३ हजार ९ सय २९ दर्शकले मात्र कन्सर्ट हेर्न सक्नेछन् ।
टिकट बुकिङ निम्न लिंकमा गएर गर्न सकिनेछ ।
http://www.royalalberthall.com/tickets/an-evening-for-gorkha/default.aspx
भूकम्प पीडितका लागि आयोजित र स्थान पनि ऐतिहासिक भएकाले शो हेर्न दर्शकहरुको माग बढेको अमात्यको बुझाइ छ । लन्डन साउथ केन्जिङटनस्थित उक्त हल पाउन कम्तीमा दुई वर्ष पालो कुर्नुपर्ने भएपनि विशेष च्यानलमार्फत हल मिलाइएको हो ।
कन्सर्टको खर्च कटाएर बांकी रहेको सबै रकम विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखामा क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा खर्च गरिने आयोजकले जनाएका छन् ।
‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको उक्त कन्सर्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत वाद्यवादकहरु सम्मिलित १७ जनाको समूहले संगीत पस्कने कार्यक्रम छ । उक्त कन्सर्ट सञ्चालन वरिष्ठ टिभी कार्यक्रम सञ्चालक भूषण दाहालले गर्ने जनाइएको छ । सांझ ६ बजे शुरु हुने कार्यक्रम करिब तीन घण्टा चल्नेछ ।
सन् १८७१, २९ मार्चदेखि सञ्चालनमा आएको उक्त प्रसिद्ध हलमा फ्रेंक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स्, द बिटल्स्, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एण्ड इल्टन जोन जस्ता विश्वप्रसिद्ध कलाकारहरुले कन्सर्ट गरिसकेका छन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक