लन्डन । विश्व प्रसिद्ध लन्डन रोयल अल्बर्ट हलमा भूकम्प पीडितका लागि पहिलोपटक नेपालीले गर्न लागेको कन्सर्टको टिकट बुकिङ अनलाइन मार्फत शुरु भएको छ । शुक्रवार बिहानबाट शुरु भएको टिकट सोचेभन्दा अप्रत्यासित विक्री भएको आयोजकले जनाएका छन् । ‘टिकट अब धेरै बांकी छैन् भन्ने खवर आएको छ’, शोका परिकल्पनाकार गायक योगेश्वर अमात्यले वीनेपालीसंग भने, ‘म आफैंले लिन सकिरहेको छैन् ।’ हेल्प नेपाल नेटवर्क यूकेको संयोजनमा आगामी जुन २८ तारिख सांझ कन्सर्ट हुंदैछ । ३ हजार ९ सय २९ दर्शकले मात्र कन्सर्ट हेर्न सक्नेछन् ।
टिकट बुकिङ निम्न लिंकमा गएर गर्न सकिनेछ ।
http://www.royalalberthall.com/tickets/an-evening-for-gorkha/default.aspx
भूकम्प पीडितका लागि आयोजित र स्थान पनि ऐतिहासिक भएकाले शो हेर्न दर्शकहरुको माग बढेको अमात्यको बुझाइ छ । लन्डन साउथ केन्जिङटनस्थित उक्त हल पाउन कम्तीमा दुई वर्ष पालो कुर्नुपर्ने भएपनि विशेष च्यानलमार्फत हल मिलाइएको हो ।
कन्सर्टको खर्च कटाएर बांकी रहेको सबै रकम विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखामा क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा खर्च गरिने आयोजकले जनाएका छन् ।
‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको उक्त कन्सर्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत वाद्यवादकहरु सम्मिलित १७ जनाको समूहले संगीत पस्कने कार्यक्रम छ । उक्त कन्सर्ट सञ्चालन वरिष्ठ टिभी कार्यक्रम सञ्चालक भूषण दाहालले गर्ने जनाइएको छ । सांझ ६ बजे शुरु हुने कार्यक्रम करिब तीन घण्टा चल्नेछ ।
सन् १८७१, २९ मार्चदेखि सञ्चालनमा आएको उक्त प्रसिद्ध हलमा फ्रेंक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स्, द बिटल्स्, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एण्ड इल्टन जोन जस्ता विश्वप्रसिद्ध कलाकारहरुले कन्सर्ट गरिसकेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते