
लन्डन । एउटा अन्तर्राष्ट्रिय कम्पनी सोडेक्सोले नेपालका भूकम्प पीडितलाई ५० हजार यूरो (करिब ६२ लाख रुपैयां) सहयोग गरेको छ ।
वार्षिक १.१ अरब पाउण्ड बढिको व्यापार गर्ने उक्त कम्पनीले भोकमरी विरुद्ध लड्दै आएको विश्वकै सबैभन्दा ठूलो मानवीय सहायता एजेन्सी वोर्ल्ड फुड
प्रोग्राम (डब्लुएफपी) को साझेदार स्टप हङ्गर च्यारिटीलाई उक्त सहयोग प्रदान गरेको
जनाएको छ । यस अतिरिक्त कम्पनीको रक्षा विभागमा कार्यरत कर्मचारीले अलग्गै ६ हजार ४४२ पाउण्ड (दश लाख रुपैयां बढि) डिजास्टर इमर्जेन्सी कमिटीमार्फत पीडितलाई दिएका छन् । यस कम्पनीको बेलायत र आयरल्याण्डमा ३५ हजार बढि कर्मचारी छन् । संसारभर तीन लाख भन्दा बढी कर्मचारी भएको सोडेक्सो ग्लोबल भनेर चिनिने उक्त कम्पनी फ्रान्समा ६० को दशकमा स्थापना भएको हो ।
महाविपत्ति लगत्तै सोही कम्पनीमा काम गर्ने नेपाल हार्ट फाउण्डेशन यूकेका अध्यक्ष एवं साहित्यकार विकलचन्द्र आचार्यले सोडेक्सोको यूके तथा आयरल्याण्डकी कार्यकारी निर्देशक डेवी ह्वाइट समक्ष पीडितलाई सहयोग गर्न याचना गर्दै इमेल लेखेका थिए । डेवीले आचार्यको अनुनय कर्पोरेट चियरम्यान फिल हुपर समक्ष पुर्याएको तीनदिनपछि हुपरले भूकम्प पीडितलाई कम्पनीको तर्फबाट पचास हजार यूरो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । आचार्यले आफ्नो सानो पहलले यत्ति ठूलो सहयोग जुटेकामा खुशी व्यक्त गर्दै दाताहरुप्रति आभार व्यक्त गरेका छन् ।
स्टप हङ्गरले पीडितलाई हालसम्म चामल, सुख्खा खाद्य सामाग्री र तीस लाख भन्दा बढि इनर्जीयुक्त बिस्कुट प्रदान गरिसकेको छ । उसले ६० हजार वालवालिका, तिनका आमा र गर्भवती महिलाका लागि पौष्टिक आहार दिन पनि प्राथमकिता दिइरहेको उल्लेख गरेको छ । स्टप हङ्गरको पार्टनर डब्लुएफपीले नेपाल सरकारको सहकार्यमा २.३ टन अत्यावश्यक सामाग्री जस्तो टेन्ट, औषधि, पानी शुद्ध गर्ने चक्की आदि पीडितसमक्ष प्रदान गरिसकेको छ । यो तौल ७० कार्गो जहाज बराबर हुन आउंछ । यो सहायता एजेन्सीले हिमाली क्षेत्रमा रहेका बीस हजार शेर्पा र पर्वतारोहण पेशामा आवद्ध सहायताकर्मीको साथ लिएर भूकम्प पीडितहरुको सहयोग गरेको थियो । २६७ गाउंमा १७ लाख मानिसले डब्लुएफपीको सहयोग पाइसकेका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च