
लन्डन । एउटा अन्तर्राष्ट्रिय कम्पनी सोडेक्सोले नेपालका भूकम्प पीडितलाई ५० हजार यूरो (करिब ६२ लाख रुपैयां) सहयोग गरेको छ ।
वार्षिक १.१ अरब पाउण्ड बढिको व्यापार गर्ने उक्त कम्पनीले भोकमरी विरुद्ध लड्दै आएको विश्वकै सबैभन्दा ठूलो मानवीय सहायता एजेन्सी वोर्ल्ड फुड
प्रोग्राम (डब्लुएफपी) को साझेदार स्टप हङ्गर च्यारिटीलाई उक्त सहयोग प्रदान गरेको
जनाएको छ । यस अतिरिक्त कम्पनीको रक्षा विभागमा कार्यरत कर्मचारीले अलग्गै ६ हजार ४४२ पाउण्ड (दश लाख रुपैयां बढि) डिजास्टर इमर्जेन्सी कमिटीमार्फत पीडितलाई दिएका छन् । यस कम्पनीको बेलायत र आयरल्याण्डमा ३५ हजार बढि कर्मचारी छन् । संसारभर तीन लाख भन्दा बढी कर्मचारी भएको सोडेक्सो ग्लोबल भनेर चिनिने उक्त कम्पनी फ्रान्समा ६० को दशकमा स्थापना भएको हो ।
महाविपत्ति लगत्तै सोही कम्पनीमा काम गर्ने नेपाल हार्ट फाउण्डेशन यूकेका अध्यक्ष एवं साहित्यकार विकलचन्द्र आचार्यले सोडेक्सोको यूके तथा आयरल्याण्डकी कार्यकारी निर्देशक डेवी ह्वाइट समक्ष पीडितलाई सहयोग गर्न याचना गर्दै इमेल लेखेका थिए । डेवीले आचार्यको अनुनय कर्पोरेट चियरम्यान फिल हुपर समक्ष पुर्याएको तीनदिनपछि हुपरले भूकम्प पीडितलाई कम्पनीको तर्फबाट पचास हजार यूरो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । आचार्यले आफ्नो सानो पहलले यत्ति ठूलो सहयोग जुटेकामा खुशी व्यक्त गर्दै दाताहरुप्रति आभार व्यक्त गरेका छन् ।
स्टप हङ्गरले पीडितलाई हालसम्म चामल, सुख्खा खाद्य सामाग्री र तीस लाख भन्दा बढि इनर्जीयुक्त बिस्कुट प्रदान गरिसकेको छ । उसले ६० हजार वालवालिका, तिनका आमा र गर्भवती महिलाका लागि पौष्टिक आहार दिन पनि प्राथमकिता दिइरहेको उल्लेख गरेको छ । स्टप हङ्गरको पार्टनर डब्लुएफपीले नेपाल सरकारको सहकार्यमा २.३ टन अत्यावश्यक सामाग्री जस्तो टेन्ट, औषधि, पानी शुद्ध गर्ने चक्की आदि पीडितसमक्ष प्रदान गरिसकेको छ । यो तौल ७० कार्गो जहाज बराबर हुन आउंछ । यो सहायता एजेन्सीले हिमाली क्षेत्रमा रहेका बीस हजार शेर्पा र पर्वतारोहण पेशामा आवद्ध सहायताकर्मीको साथ लिएर भूकम्प पीडितहरुको सहयोग गरेको थियो । २६७ गाउंमा १७ लाख मानिसले डब्लुएफपीको सहयोग पाइसकेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य