लन्डन । नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ दि काउन्सिल अफ एजियन पिपुलले सप्ताहन्तमा उडग्रीनस्थित एजियन सेन्टरमा एक च्यारिटी कार्यक्रम गरेको छ ।
उक्त च्यारिटीमा आकर्षण थियो प्रथम नौमती बाजा गुल्मी यूकेको पृथक धुन । नौमति बाजाको धुनमा नेपाली त झुम्मिन्छन् भने अंग्रेजहरु त्यसमा नरमाउने कुरै भएन । ओमप्रसाद थापाको नेतृत्वमा गएको समूहले मौलिक नेपाली बाजाबाट मनोरञ्जन दिलाएको हो ।
मौलिक नाचगानको रमझममा २८ सय १ पाउण्ड ६१ पेन्स संकलन भएको छ । उक्त च्यारिटीमा लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल प्रदीपजंग केसी, होर्नसी एण्ड उडग्रीनकी नवनियुक्त सांसद क्याथरिन वेष्ट, स्थानीय काउन्सिलहरुसहित करिब दुई सय सहभागी थिए ।
सांसद क्याथरिनले नेपालको भूकम्पले नेपाल र बेलायती समुदायलाई एकवद्ध गराएको उल्लेख गर्दै यतिखेर नेपाल पुनर्निर्माण तथा पीडितका लागि उल्लेख्य आर्थिक सहयोग आवश्यक भएको बताइन् । संकलित रकम नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर