लन्डन । नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ दि काउन्सिल अफ एजियन पिपुलले सप्ताहन्तमा उडग्रीनस्थित एजियन सेन्टरमा एक च्यारिटी कार्यक्रम गरेको छ ।
उक्त च्यारिटीमा आकर्षण थियो प्रथम नौमती बाजा गुल्मी यूकेको पृथक धुन । नौमति बाजाको धुनमा नेपाली त झुम्मिन्छन् भने अंग्रेजहरु त्यसमा नरमाउने कुरै भएन । ओमप्रसाद थापाको नेतृत्वमा गएको समूहले मौलिक नेपाली बाजाबाट मनोरञ्जन दिलाएको हो ।
मौलिक नाचगानको रमझममा २८ सय १ पाउण्ड ६१ पेन्स संकलन भएको छ । उक्त च्यारिटीमा लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल प्रदीपजंग केसी, होर्नसी एण्ड उडग्रीनकी नवनियुक्त सांसद क्याथरिन वेष्ट, स्थानीय काउन्सिलहरुसहित करिब दुई सय सहभागी थिए ।
सांसद क्याथरिनले नेपालको भूकम्पले नेपाल र बेलायती समुदायलाई एकवद्ध गराएको उल्लेख गर्दै यतिखेर नेपाल पुनर्निर्माण तथा पीडितका लागि उल्लेख्य आर्थिक सहयोग आवश्यक भएको बताइन् । संकलित रकम नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी