सोमबार, कार्तिक ३ २०७७ | Mon, October 19, 2020
नेपालको समय: २१:४३ | UK Time: 16:58

गोर्खा भाडाका सिपाही ? कि शरणार्थी ? होइन, वास्तविकता यस्तो छ

वीनेपाली
२०७२ जेठ २१ गते ११:०५
गोर्खा अनि साहित्यकार विश्वासदीप तिगेला

गोर्खा अनि साहित्यकार विश्वासदीप तिगेला

लन्डन । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका विशेष कार्यक्रम भइरहंदा भूपू गोर्खा अझै समानताको हक खोज्दै आन्दोलनरत छन् । कतिपयले गोर्खालाई पैसाका लागि अरु देशमा गएर लड्ने भाडाका सिपाही (मर्सिनरी) को तुच्छ संज्ञा दिएका पनि पाइएको छ । गोर्खा स्वयं आफू बेचिएको भ्रम पाल्छन् । यूकेमा गोर्खालीलाई शरणार्थी सरह देख्ने आंखा पनि धेरै छन् ।

तर, एकजना स्वंय गोर्खा अनि साहित्यकार विश्वासदीप तिगेलाले तिनै भ्रम निवारण गर्न सानो भिडियो निर्माण गरेका छन् । उक्त भिडियोले गोर्खाहरु भाडाका सिपाही (मर्सिनरी) होइनन् बरु ब्रिटिश साम्राज्यले नेपालसंग उल्टो पैसा लिएको दावी गरेको छ । भिडियोले गोर्खा बेलायतमा किन छन् प्रष्ट्याउने प्रयास समेत गरेको छ । तिगेलाले लामो समय रिसर्च गरेर अहिलेसम्म बाहिर नआएका तथ्यहरु भिडियोमा राखेको जनाए । तिगेलाले गोर्खा इतिहास मर्सिनरीको परिभाषासंग दांज्न नमिल्ने तर्क 
गर्दै गोर्खाहरुले ब्रिटिस सामाज्यकै हिस्साको दावी गर्नु पर्ने उल्लेख गरे । अंग्रेजहरुका लागि लक्षित गरि बनाइएको उक्त भिडियो ३ मिनेट ३१ सेकेन्डको छ ।

हेरौं भिडियोमा के छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक