
लन्डन । लन्डनस्थित नाकोन थाई रेष्टुरेन्टले नेपालका भूकम्प पीडितका लागि उठाएको रकम भूकम्प प्रभावित क्षेत्रका विद्यालय पुनर्निर्माणमा खर्चिने भएको छ । युरोपको नेपालीपत्र साप्ताहिकसंगको सहकार्यमा सो रकम सिन्धुपाल्चोकमा भूकम्पबाट अति प्रभावित गाउंका विद्यालय भवन निर्माणमा सहयोग गरिने भएको हो । रेष्टुरेन्टले भूकम्प पीडितको सहयोगार्थ गत साता गरेको च्यारिटी कार्यक्रमबाट झण्डै ८ लाख रुपैयां (५ हजार ५२ पाउण्ड) संकलन भएको थियो ।
मंगलबार सांझ एल्थामस्थित याक एण्ड यती रेष्टुरेन्टमा बेलायतस्थित नेपाली समुदायका केही प्रतिनिधि तथा पत्रकारहरुमाझ सहयोग रकम रेष्टुरेन्टले नेपालीपत्रलाई हस्तान्तरण गर्यो । सहयोगको चेक हस्तान्तरणका लागि नाकोन थाई कम्पनीका निर्देशकहरु शाह चौधरी, एमी साकुन्लया लगायत याक एण्ड यती पुगेका थिए । नेपालीपत्रका तर्फबाट सो पत्रिकाका निर्देशक समेत रहेका एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले चेक बुझे । त्यसक्रममा प्रवासी नेपाली मञ्च यूके अध्यक्ष रामशरण सिम्खडा, एनआरएनए यूके सचिव डासु पाण्डे, चाल्टर्न नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डे, एनआरएनए यूके सदस्य तथा पत्रकार फणिन्द्र भट्टराई, एनआरएनए यूके सदस्य दिपक श्रेष्ठ, युवा व्यवसायी हरि आचार्य लगायत उपस्थित थिए । त्यस्तै पत्रकारहरु शिव भण्डारी, राजकुमार थापा, प्रताप गुरुंगका साथै विद्यार्थी नेताहरु गणेश खड्का र गणेश दाहाल पनि याक एण्ड यती पुगेका थिए ।
गैर नेपाली समुदायका थाई रेष्टुरेन्ट सञ्चालकले नेपालका भूकम्प पीडितका लागि गरेको सहयोगको नेपाली समुदायका प्रतिनिधिहरुले प्रशंसा गरेका छन् । चेक बुझेपछि एनआरएनए यूके अध्यक्ष कंडेलले नाकोन थाईको सहयोग यथाशीघ्र पीडितकैमा पुगेर वितरण गरिने आश्वासन दिए । प्रवासी नेपाली मञ्च यूके अध्यक्ष सिम्खडाले नाकोन थाईको सहयोग समयमै लक्षित समुदायमा पुर्याउने चुनौति नेपालीपत्रलाई आएको भन्दै अति प्रभावित गाउंका विद्यालयलाई सहयोग गर्न सुझाव दिए । नाकोन थाईका निर्देशक चौधरीले नेपालमा उत्पन्न महाविपतले आफूलाई निकै दुःखीत बनाएको भन्दै आफनो सानो सहयोगले कुनै एक समुदायलाई सघाउन सके पनि आफूलाई सन्तोष मिल्ने बताए ।
सो रेष्टुरेन्टसंग समेत आवद्ध रहेका नेपालीपत्रका सम्पादक धु्रवराज अर्यालले सिन्धुपाल्चोकका अति प्रभावित क्षेत्रका केही विद्यालयसंग आफूहरुको सम्पर्क भइरहेको र छिट्टै सहयोग हस्तान्तरण हुने बताए । अर्यालका अनुसार त्यस क्षेत्रका दुई अथवा तीन विद्यालयलाई भवन निर्माणका लागि आवश्यक भौतिक सामाग्री उपलब्ध गराउने उनीहरुको योजना छ ।
यसअघि नाकोन थाईले गत साता गरेको च्यारिटी कार्यक्रमबाट संकलित सबै रकम खर्च समेत नकटाइ सहयोग गरेको हो । पूर्वी लण्डनको रोयल डक्सस्थित दश वर्ष पुरानो सो रेष्टुरेन्ट पूर्ण रुपमा थाई व्यवस्थापनमा सञ्चालित छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते