लन्डन । विश्वकै सक्रिय क्रिकेट क्लव मानिन्छ लन्डन सेन्ट जोन्स् उडस्थित मार्लेबोन क्रिकेट क्लव (एमसीसी) । सन् १७८७ मा स्थापित उक्त क्लवको स्वामित्वमा क्रिकेटको घर अर्थात लर्डस् क्रिकेट मैदान छ । यसका १८ हजार पूर्ण तथा ५ हजार एसोसिएट सदस्यहरु छन् । त्यही प्रतिष्ठित क्लव एमसीसीले नेपालका भूकम्प पीडितका लागि २० हजार पाउण्ड भन्दा बढि संकलन गरेको छ । रोयल गोर्खा राइफल्स् प्रतिनिधिहरुको साझेदारीमा संकलित उक्त रकम गोर्खा वेल्फेयर ट्रष्ट अर्थक्वेक रेस्पोन्स् फण्डमा जानेछ । ट्रष्टले भूकम्प अति प्रभावित गाउंमा औषधि र अत्यावश्यक सहयोग उपलव्ध गराउंदै आएको छ ।
इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच टेष्ट म्याचको तेश्रो दिनमा सहभागी दर्शकहरुले भूकम्प पीडितका लागि स्वतस्फूर्त सहयोग गरेका हुन् । ब्रिटिश अभिनेत्री जोआना लुम्लले ट्रष्टको च्यारिटी कार्यप्रति प्रशंसा गरेकी छन् । ट्रष्टले काठमाण्डौंबाट अति दुर्गम गाउंमा गएर उल्लेखनीय काम गरेको बताउंदै भूकम्पबाट विस्थापितहरुको सहयोगका लागि धेरै रकम चाहिएको लुम्लेले बताइन् ।
नेपालले क्रिकेटमा क्रमशः फड्को मार्दै गएका बेला नेपाल र मार्लेबोन क्रिकेट क्लवबीचको सम्वन्ध केही समय यता थप प्रगाढ बन्दै गएको छ । क्लवले नेपालको क्रिकेट विकासका लागि सहयोग गर्दै आएको छ ।
एमसीसीले नेपाल क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई अनुवन्ध गरेर गत मार्चमा दुवइमा आयोजित इमिरेट्स टि २० प्रतियोगितामा अवसर दिएको थियो । यस अतिरिक्त क्लव पदाधिकारी आगामी नोभेम्बरमा दुई साताको नेपाल भ्रमणमा जाने कार्यक्रम छ । तर, नेपालको वर्तमान अवस्थाका कारण भ्रमण के
गर्ने भन्नेबारे क्रिकेट एसोसिएसन अफ नेपालसंग परामर्श भइरहेको क्लवले जनाएको छ ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग