लन्डन । समाजसेवा गर्न भूगोल, कार्यव्यस्तता र वर्गले छेक्दैन्, केवल इच्छाशक्ति चाहिन्छ । न त समाजसेवीहरु सस्तो प्रचारको लोभ राख्छन् । यसको एउटा उदाहरण हुन् बेलायत रहेकी समाजसेवी सावित्री लामिछाने केसी । उनको कर्मथलो बेलायत छ तर मन मस्तिष्कमा त्यही मातृभूमि, हुर्के बढेको गाउं, पाखा पखेरा र उनै साथीसंगी छन् । उनलाई बढि चिन्ता स्वदेशकै छ ।
उनले आफ्ना स्वर्गीय मातापिता तिलदेवी र घनश्याम लामिछानेको स्मृतिमा २०७० साल फागुन ११ गते श्री सिगाना उच्च मा.वि. तित्याङ बाग्लुङमा एकलाख ५० हजार रुपैयांको अक्षय कोष स्थापना गरिदिएकी छिन् । उक्त अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
तीन साताको छुट्टीमा नेपाल गएर भर्खर बेलायत फर्केकी सावित्रीले यसपटकको नेपाल बसाइ पनि समाजसेवामै बिताइन् । उनले गत चैत २९ मा स्कुल प्राङ्गणमा आयोजित एक भव्य समारोहबीच अक्षयकोषको ब्याज २० हजार रुपैयां पांच जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिन् । यसबाहेक मृगौला पीडित एक वालिकालाई व्यक्तिगत रुपमा ६ हजार रुपैयां पनि प्रदान गरेकी थिइन् । कार्यक्रममा स्कुलका गुरु, अभिभावक र विद्यार्थीले दिएको माया र सम्मानप्रति उनी आभारी छन् ।
समयले साथ दिएमा प्रत्येक वर्ष नेपाल गएर आफ्नै हातबाट विद्यार्थीलाई पुरस्कार दिने उनको प्रण छ ।
सावित्रीले नेपाल आमा घरका लागि तीनपटक च्यारिटी गरिसकेकी छिन् । चेपाङ बालबालिकादेखि रक्षा नेपाल, दीक्षा चापागाइंको पवित्र समाज सेवा नेपाल र नेपलिज तेक्वान्दो एकेडेमी भवन बनाउन अन्तर्राष्ट्रिय खेलाडी अशोक खड्कालाई पनि उनले सहयोग गरेकी छिन् ।
गत वर्ष सिन्धुपाल्चोकको बाढी पहिरो पीडितलाई सहयोग जुटाएकी केसीले यसपटक श्रीमान क्याप्टेन ढालिन्द्र केसीका साथमा बाग्लुङ, सिन्धुपाल्चोक, काठमाण्डौं र दोलखाका भूकम्प पीडितलाई व्यक्तिगत एक लाख २० हजार रुपैयां सहयोग गरिसकेकी छन् भने थप सहयोगको अठोट गरेकी छिन् । आफ्नो परिवारको पूर्ण साथ र समर्थनले पनि समाजसेवामा लाग्न प्रेरित गरेको उनी बताउंछिन् ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य