लन्डन । समाजसेवा गर्न भूगोल, कार्यव्यस्तता र वर्गले छेक्दैन्, केवल इच्छाशक्ति चाहिन्छ । न त समाजसेवीहरु सस्तो प्रचारको लोभ राख्छन् । यसको एउटा उदाहरण हुन् बेलायत रहेकी समाजसेवी सावित्री लामिछाने केसी । उनको कर्मथलो बेलायत छ तर मन मस्तिष्कमा त्यही मातृभूमि, हुर्के बढेको गाउं, पाखा पखेरा र उनै साथीसंगी छन् । उनलाई बढि चिन्ता स्वदेशकै छ ।
उनले आफ्ना स्वर्गीय मातापिता तिलदेवी र घनश्याम लामिछानेको स्मृतिमा २०७० साल फागुन ११ गते श्री सिगाना उच्च मा.वि. तित्याङ बाग्लुङमा एकलाख ५० हजार रुपैयांको अक्षय कोष स्थापना गरिदिएकी छिन् । उक्त अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
तीन साताको छुट्टीमा नेपाल गएर भर्खर बेलायत फर्केकी सावित्रीले यसपटकको नेपाल बसाइ पनि समाजसेवामै बिताइन् । उनले गत चैत २९ मा स्कुल प्राङ्गणमा आयोजित एक भव्य समारोहबीच अक्षयकोषको ब्याज २० हजार रुपैयां पांच जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिन् । यसबाहेक मृगौला पीडित एक वालिकालाई व्यक्तिगत रुपमा ६ हजार रुपैयां पनि प्रदान गरेकी थिइन् । कार्यक्रममा स्कुलका गुरु, अभिभावक र विद्यार्थीले दिएको माया र सम्मानप्रति उनी आभारी छन् ।
समयले साथ दिएमा प्रत्येक वर्ष नेपाल गएर आफ्नै हातबाट विद्यार्थीलाई पुरस्कार दिने उनको प्रण छ ।
सावित्रीले नेपाल आमा घरका लागि तीनपटक च्यारिटी गरिसकेकी छिन् । चेपाङ बालबालिकादेखि रक्षा नेपाल, दीक्षा चापागाइंको पवित्र समाज सेवा नेपाल र नेपलिज तेक्वान्दो एकेडेमी भवन बनाउन अन्तर्राष्ट्रिय खेलाडी अशोक खड्कालाई पनि उनले सहयोग गरेकी छिन् ।
गत वर्ष सिन्धुपाल्चोकको बाढी पहिरो पीडितलाई सहयोग जुटाएकी केसीले यसपटक श्रीमान क्याप्टेन ढालिन्द्र केसीका साथमा बाग्लुङ, सिन्धुपाल्चोक, काठमाण्डौं र दोलखाका भूकम्प पीडितलाई व्यक्तिगत एक लाख २० हजार रुपैयां सहयोग गरिसकेकी छन् भने थप सहयोगको अठोट गरेकी छिन् । आफ्नो परिवारको पूर्ण साथ र समर्थनले पनि समाजसेवामा लाग्न प्रेरित गरेको उनी बताउंछिन् ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता