लन्डन । तमु समाज यूकेले नेपालका भूकम्प पीडितका लागि आर्थिक संकलन तीव्र पारेको छ । समाजले हालसम्म ३३ हजार पाउण्ड संकलन गरिसकेको जनाएको छ । घोषणा गरिएकोमध्ये २४ हजार पाउण्ड आफ्नो खातामा जम्मा भइसकेको र बांकी रकम छिट्टै उठ्ने समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जनाएका छन् ।
अगष्टसम्म संकलन कार्य जारी रहने भएकाले कम्तीमा ५० हजार पाउण्ड उठाउने लक्ष्य समाजको छ । ‘तमु समाज यूके च्यारिटी कमिशनमा दर्ता भएकाले पनि कोष अभिवृद्धिमा सहज र विश्वास जित्न सकेका छौं’, संस्थापक अध्यक्ष
गुरुङले जनाए ।
समाजले संकलित रकममध्ये चरणवद्ध रुपमा भूकम्प पीडितहरुलाई प्रदान गर्ने निर्णय गरेको छ । विशेष गरि पर्याप्त राहत नपुगेका गोर्खा, लमजुङ र कास्कीका एक एक वटा दुर्गम गाउंमा राहत बांड्ने योजना समाजको रहेको संस्थापक अध्यक्ष गुरुङले जनाए । पहिलो चरणको राहतका लागि समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङ भोली बुधवार नेपाल जाने भएका छन् । उनले शुरुमा १५ लाख रुपैंया खर्चने जनाइएको छ ।
समाजले आफ्ना सदस्य, सल्लाहकार र शुभचिन्तकहरुबाट चन्दा उठाएको हो । सदस्यहरुले आ आफ्नो काम गर्ने ठाउंबाट समेत संकलन गरेका थिए ।
संस्थाले मध्य लन्डनका सडक सडकमा गएर तीन दिन ‘फन्डरेज’ गरेको थियो जसको संयोजन मिरा गुरुङले गरेकी थिइन् ।
धेरै उठाउने मध्ये समाजका सल्लाहकार बाबुराम गुरुङले ५ हजार पाउण्ड, सल्लाहकार लेप्टिनेन्ट थमप्रसाद गुरुङले ३५००, पदमकुमारी गुरुङले १३ सय पाउण्ड, श्रीमति पुष्प गुरुङले ६०० पाउण्ड र युथ चियरमेन ओमकार गुरुङको टोलीले १८०० पाउण्ड संकलन गरेको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने