लन्डन । तमु समाज यूकेले नेपालका भूकम्प पीडितका लागि आर्थिक संकलन तीव्र पारेको छ । समाजले हालसम्म ३३ हजार पाउण्ड संकलन गरिसकेको जनाएको छ । घोषणा गरिएकोमध्ये २४ हजार पाउण्ड आफ्नो खातामा जम्मा भइसकेको र बांकी रकम छिट्टै उठ्ने समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जनाएका छन् ।
अगष्टसम्म संकलन कार्य जारी रहने भएकाले कम्तीमा ५० हजार पाउण्ड उठाउने लक्ष्य समाजको छ । ‘तमु समाज यूके च्यारिटी कमिशनमा दर्ता भएकाले पनि कोष अभिवृद्धिमा सहज र विश्वास जित्न सकेका छौं’, संस्थापक अध्यक्ष
गुरुङले जनाए ।
समाजले संकलित रकममध्ये चरणवद्ध रुपमा भूकम्प पीडितहरुलाई प्रदान गर्ने निर्णय गरेको छ । विशेष गरि पर्याप्त राहत नपुगेका गोर्खा, लमजुङ र कास्कीका एक एक वटा दुर्गम गाउंमा राहत बांड्ने योजना समाजको रहेको संस्थापक अध्यक्ष गुरुङले जनाए । पहिलो चरणको राहतका लागि समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङ भोली बुधवार नेपाल जाने भएका छन् । उनले शुरुमा १५ लाख रुपैंया खर्चने जनाइएको छ ।
समाजले आफ्ना सदस्य, सल्लाहकार र शुभचिन्तकहरुबाट चन्दा उठाएको हो । सदस्यहरुले आ आफ्नो काम गर्ने ठाउंबाट समेत संकलन गरेका थिए ।
संस्थाले मध्य लन्डनका सडक सडकमा गएर तीन दिन ‘फन्डरेज’ गरेको थियो जसको संयोजन मिरा गुरुङले गरेकी थिइन् ।
धेरै उठाउने मध्ये समाजका सल्लाहकार बाबुराम गुरुङले ५ हजार पाउण्ड, सल्लाहकार लेप्टिनेन्ट थमप्रसाद गुरुङले ३५००, पदमकुमारी गुरुङले १३ सय पाउण्ड, श्रीमति पुष्प गुरुङले ६०० पाउण्ड र युथ चियरमेन ओमकार गुरुङको टोलीले १८०० पाउण्ड संकलन गरेको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]