लण्डन । नेपाल आदिवासी जनजाति महासंघ युकेको अध्यक्ष पदमा तुल छन्त्याल निर्वाचित भएका छन् ।
महासंघको शनिबार आसफोर्डमा सम्पन्न दोस्रो महाधिवेनले छन्त्यालको अध्यक्षतामा अागामी तीन वर्षका लागि ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा जंग सुनुवार, उपाध्यक्षमा लोेकेन्द्र तबेबुङ र देवीमाया पुन, महासचिवमा कर्मा पहाडी शेर्पा, सचिवमा जगत गुरुङ, कोषाध्यक्षमा पासाङ शेर्पा र सहकोषाध्यक्षमा इन्द्र दुरा रहेका छन् ।
त्यस्तै समितिमा तामाङ समाज, किरात राई यायोख्या र याख्खा छुम्माका प्रतिनिधिहरु सदस्य रहेका छन् ।
महासंघका तत्कालिन अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका पूर्व सचिव भक्त दुरा थिए भने एनेकपा माओवादीका ताम्सालिङ राज्य समिति सदस्य टासी लामा अतिथि थिए ।
महाधिवेसनले महासचिव नरेश काङमाङ राई र कोषाध्यक्ष होम सुनुवारले प्रस्तुत गरेको सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
त्यस्तै महासंघले नेपालमा पदमरत्न तुलाधरको संयोजकत्वमा गठित राष्ट्रिय आदिवासी जनजाति आन्दोलनलाई निरन्तर समर्थन र सहयोग गर्ने, नेपालमा पहिचानसहितको संघीयता स्थापना गर्नका लागि डटेर लागि पर्ने, नेपाली दुताबास बेलायतले हिन्दू धर्ममा आधारित चाडपर्वहरुमा विशेष कार्यक्रम अायोजना गरी मनाउँदै आएकोमा आदिवासी जनजातिका चाडपर्व पनि आयोजना गर्न ज्ञापन पत्र बुझाउने लगायतको निर्णय गरेको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च