लण्डन । नेपाल आदिवासी जनजाति महासंघ युकेको अध्यक्ष पदमा तुल छन्त्याल निर्वाचित भएका छन् ।
महासंघको शनिबार आसफोर्डमा सम्पन्न दोस्रो महाधिवेनले छन्त्यालको अध्यक्षतामा अागामी तीन वर्षका लागि ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा जंग सुनुवार, उपाध्यक्षमा लोेकेन्द्र तबेबुङ र देवीमाया पुन, महासचिवमा कर्मा पहाडी शेर्पा, सचिवमा जगत गुरुङ, कोषाध्यक्षमा पासाङ शेर्पा र सहकोषाध्यक्षमा इन्द्र दुरा रहेका छन् ।
त्यस्तै समितिमा तामाङ समाज, किरात राई यायोख्या र याख्खा छुम्माका प्रतिनिधिहरु सदस्य रहेका छन् ।
महासंघका तत्कालिन अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका पूर्व सचिव भक्त दुरा थिए भने एनेकपा माओवादीका ताम्सालिङ राज्य समिति सदस्य टासी लामा अतिथि थिए ।
महाधिवेसनले महासचिव नरेश काङमाङ राई र कोषाध्यक्ष होम सुनुवारले प्रस्तुत गरेको सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
त्यस्तै महासंघले नेपालमा पदमरत्न तुलाधरको संयोजकत्वमा गठित राष्ट्रिय आदिवासी जनजाति आन्दोलनलाई निरन्तर समर्थन र सहयोग गर्ने, नेपालमा पहिचानसहितको संघीयता स्थापना गर्नका लागि डटेर लागि पर्ने, नेपाली दुताबास बेलायतले हिन्दू धर्ममा आधारित चाडपर्वहरुमा विशेष कार्यक्रम अायोजना गरी मनाउँदै आएकोमा आदिवासी जनजातिका चाडपर्व पनि आयोजना गर्न ज्ञापन पत्र बुझाउने लगायतको निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य