
रिडिङ । रिडिङ क्षेत्रमा बसोबास गर्ने उत्साही नेपाली युवा समूहले भूकम्प पीडितहरुको सहयोगार्थ एक सांस्कृतिक कार्यक्रम गरेका छन् । गत शनिवार विक्लिफ चर्चको सभाहलमा कार्यक्रम भएको हो ।
नेपाली राष्ट्रिय गीत तथा विनाशकारी भूकम्पमा दिवंगतहरुको सम्झनामा एक मिनेट मौनधारण गरि शुरु गरिएको पहिलो चरणको कार्यक्रममा शान्ति आलेले निकै मार्मिक भजन, निर्मला न्यौपानेले मातृबन्दना, प्रतिमा केसीले आंखा खोल बुद्ध शीर्षकको मर्मस्पर्शी कविता र कार्यक्रम संयोजक शिवराज पन्तले देशभक्तिपूर्ण गजल प्रस्तुत गरे ।
सञ्जय दाहालको व्यवस्थापनमा भएको उक्त सांस्कृतिक सांझमा गायक उज्वल भण्डारी, नवीन गुरुङ, शेरजंग शाही, रविन श्रेष्ठ र रमेश कायस्थले बिहान उठ्ने बित्तिकै नेपाल हेर्न पाइयोस्, जहां छन् बुद्ध, म त नेपाली हो, म नेपालको छोरो र म त चन्द्र सूर्य फरफराउंछु जस्ता देशभक्तिपूर्ण गीत प्रस्तुत गर्दा हलमा उपस्थित सम्पूर्ण सहभागीको आंखा रसाएका थिए । किरण, विशाल, बृजेश, चन्द्र र उत्सवको यूवा समूहले लाइभ ब्याण्डमा विभिन्न देशभक्तिपूर्ण गीतहरु प्रस्तुत गरे ।
दोस्रो चरणमा स्थानीय कलाकारहरु बिनस, सिता, सुरक्षा, भूमिका र अनिमाले देशभक्तिपूर्ण गीतमा नृत्य प्रस्तुत गरेका थिए । साना बालबालिकाको फूलको आंखामा फूलै संसार… बोलको सामूहिक प्रस्तुतिले निकै प्रशंसा पाएको थियो ।
कार्यक्रमको पछिल्लो चरणमा स्थानीय कलाकार तथा गायकहरुले विभिन्न लाइभ देशभक्तिपूर्ण गीत निकै प्रभावकारी रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यसम्म पनि सहभागीहरुले निकै भावुक तथा मन्त्रमुग्ध भएर सहभागिता जनाए ।
कार्यक्रममा नेपाली परिकार राखिएको थियो । नेपाली समाजका पूर्व उपाध्यक्ष तथा आयोजक मध्येका एक रामेश्वर थापाका अनुसार उक्त कार्यक्रमबाट करिब १५ सय पाउण्ड संकलन भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य