
रिडिङ । रिडिङ क्षेत्रमा बसोबास गर्ने उत्साही नेपाली युवा समूहले भूकम्प पीडितहरुको सहयोगार्थ एक सांस्कृतिक कार्यक्रम गरेका छन् । गत शनिवार विक्लिफ चर्चको सभाहलमा कार्यक्रम भएको हो ।
नेपाली राष्ट्रिय गीत तथा विनाशकारी भूकम्पमा दिवंगतहरुको सम्झनामा एक मिनेट मौनधारण गरि शुरु गरिएको पहिलो चरणको कार्यक्रममा शान्ति आलेले निकै मार्मिक भजन, निर्मला न्यौपानेले मातृबन्दना, प्रतिमा केसीले आंखा खोल बुद्ध शीर्षकको मर्मस्पर्शी कविता र कार्यक्रम संयोजक शिवराज पन्तले देशभक्तिपूर्ण गजल प्रस्तुत गरे ।
सञ्जय दाहालको व्यवस्थापनमा भएको उक्त सांस्कृतिक सांझमा गायक उज्वल भण्डारी, नवीन गुरुङ, शेरजंग शाही, रविन श्रेष्ठ र रमेश कायस्थले बिहान उठ्ने बित्तिकै नेपाल हेर्न पाइयोस्, जहां छन् बुद्ध, म त नेपाली हो, म नेपालको छोरो र म त चन्द्र सूर्य फरफराउंछु जस्ता देशभक्तिपूर्ण गीत प्रस्तुत गर्दा हलमा उपस्थित सम्पूर्ण सहभागीको आंखा रसाएका थिए । किरण, विशाल, बृजेश, चन्द्र र उत्सवको यूवा समूहले लाइभ ब्याण्डमा विभिन्न देशभक्तिपूर्ण गीतहरु प्रस्तुत गरे ।
दोस्रो चरणमा स्थानीय कलाकारहरु बिनस, सिता, सुरक्षा, भूमिका र अनिमाले देशभक्तिपूर्ण गीतमा नृत्य प्रस्तुत गरेका थिए । साना बालबालिकाको फूलको आंखामा फूलै संसार… बोलको सामूहिक प्रस्तुतिले निकै प्रशंसा पाएको थियो ।
कार्यक्रमको पछिल्लो चरणमा स्थानीय कलाकार तथा गायकहरुले विभिन्न लाइभ देशभक्तिपूर्ण गीत निकै प्रभावकारी रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यसम्म पनि सहभागीहरुले निकै भावुक तथा मन्त्रमुग्ध भएर सहभागिता जनाए ।
कार्यक्रममा नेपाली परिकार राखिएको थियो । नेपाली समाजका पूर्व उपाध्यक्ष तथा आयोजक मध्येका एक रामेश्वर थापाका अनुसार उक्त कार्यक्रमबाट करिब १५ सय पाउण्ड संकलन भएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च