लण्डन । गैरआवासीय नेपाली महासंघ युकेको सदस्यता लिने म्याद यही जुलाई ३१ तारिखसम्म तोकिएको छ ।
एनअारएन युकेले जारी गरेको विज्ञप्ति अनुसार सदस्यता नविकरण गर्ने म्याद पनि सोही दिनसम्म तोकिएको छ ।
साे अविधभित्र सदस्यता प्राप्त नगरेका र सदस्यता नविकरण नगरेका सदस्यहरुलाई निर्वाचनमा मतदान गर्ने र उम्मेदवार हुने अधिकार नरहने पनि विज्ञप्तिमा जनाइएको छ ।
सदस्यता प्राप्त गर्नका लागि तोकिएको विवरण सहितको फारम भर्नु पर्ने,एकप्रति फोटो संग्लग्न गर्नुपर्ने सदस्यता शुल्क प्रतिव्यक्ति £१० का दरदे नगद बैंक जम्मा गर्ने वा बैंक ट्रान्ससफर अथवा चेकद्वारा भुक्तानी गर्नु पर्ने बताइएको छ ।
एकै परिवारको मात्र एकमुस्ट रकम बुझाउन सकिने तर नगद बुझाउन नपाइने व्यवस्था गरिएको छ । यसैगरी दुई वर्षभन्दा बढी विदेश (सार्क मुलुकबाहेक)मा बसोवास गरेको र चालु वर्षमा १८२ दिनभन्दा बढी बेलायतमा बसोबास गरेका नेपाली मूलका व्यक्तिले सदस्यताका लागि आवेदन दिन सक्ने बताइएको छ ।
सदस्यताका लागि आवेदन गर्न कम्तिमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा परिचय पत्र र बसोबासको प्रमाण आवेदन फाराम साथ सग्लग्न गर्नुपर्ने छ ।
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय