एनअारएन युकेको सदस्यता लिने म्याद ३१ जुलाईसम्म

NRN_logo

लण्डन । गैरआवासीय नेपाली महासंघ युकेको सदस्यता लिने म्याद यही जुलाई ३१ तारिखसम्म तोकिएको छ ।

एनअारएन युकेले जारी गरेको विज्ञप्ति अनुसार सदस्यता नविकरण गर्ने म्याद पनि सोही दिनसम्म तोकिएको छ ।

साे अविधभित्र सदस्यता प्राप्त नगरेका र सदस्यता नविकरण नगरेका सदस्यहरुलाई निर्वाचनमा मतदान गर्ने र उम्मेदवार हुने अधिकार नरहने पनि विज्ञप्तिमा जनाइएको छ ।

सदस्यता प्राप्त गर्नका लागि तोकिएको विवरण सहितको फारम भर्नु पर्ने,एकप्रति फोटो संग्लग्न गर्नुपर्ने सदस्यता शुल्क प्रतिव्यक्ति £१० का दरदे नगद बैंक जम्मा गर्ने वा बैंक ट्रान्ससफर अथवा चेकद्वारा भुक्तानी गर्नु पर्ने बताइएको छ ।

एकै परिवारको मात्र एकमुस्ट रकम बुझाउन सकिने तर नगद बुझाउन नपाइने व्यवस्था गरिएको छ । यसैगरी दुई वर्षभन्दा बढी विदेश (सार्क मुलुकबाहेक)मा बसोवास गरेको र चालु वर्षमा १८२ दिनभन्दा बढी बेलायतमा बसोबास गरेका नेपाली मूलका व्यक्तिले सदस्यताका लागि आवेदन दिन सक्ने बताइएको छ ।

सदस्यताका लागि आवेदन गर्न कम्तिमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा परिचय पत्र र बसोबासको प्रमाण आवेदन फाराम साथ सग्लग्न गर्नुपर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री