लन्डन । नेपालको भूकम्पले बेलायतवासी कविहरुलाई पनि मर्माहत तुल्याएको छ । राहतका लागि मन खोलेर आर्थिक सहयोगमा जुटिरहेका कविहरुले विपत्तिका वेदना कवितामा उतारेका छन् ।
२८ जुन शनिवार लन्डनमा नेपाली साहित्य विकास परिषद यूकेको एक साहित्यिक कार्यक्रममा श्रष्टाहरुले भूकम्पका पीडालाई सेटेर लेखिएका आफ्ना अत्यन्त मर्मस्पर्सी कविता सुनाएर श्रोताहरूलाई भावविहोल बनाए ।
आषाढ २९ भन्दा झन्डै दुई हप्ता अगाडि आयोजना गरिएको २०१ औं आदिकवि भानु जयन्ती, पदक शुशोभन तथा स्वागत अभिनन्दन सम्मान समेतको समिश्रण रहेको उक्त साहित्यिक कार्यक्रममा १३ कविले आफ्नो रचनामा भूकम्पको त्रासदी र पीडा पोखेका हुन् ।
कविता वाचनमा भाग लिनेमा घन बहादुर थापामगर, हरिसिंह थापा, मनोज अन्जान, जगनाथ अधिकारी, रेशम अर्याल, डा.सुधा श्रेष्ठ, केशव पुडासैनी, खगेन्द्र नेपाली, कोमल प्रसाद श्रेष्ठ मल्ल, कृष्ण भट्ट, विमला गौतम, सुरेशजंग शाह र नेपालबाट आएका कवि वियोगी बुढाथोकी थिए ।
आदि कविको तस्वीरमा मल्यार्पण र भानुभक्तीय रामायणको वाचनबाट शुभारम्भ गरिएको उक्त समारोहमा प्रमुख अतिथि थिए परिषदका पदेन संरक्षक कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री । क्षेत्रीले नेपाली साहित्यमा आदिकवि भानुको योगदानबारे चर्चा गर्दै बेलायतमा बसेपनि परिषदले आफ्नो भाषा साहित्यको जगेर्ना र मातृभूमिप्रति मायां दर्शाइ विपतमा आर्थिक सहयोग गरेकामा प्रशंसा गरे ।
अर्का वक्ता परिषदका वरिष्ठ सल्लाहकार तथा यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष डा.राघव प्रसाद धिताल (ओबीई) ले विभिन्न कोणबाट आफ्ना कवितामा समेटेर वाचन गरिएका कविताहरूले देशलाई सहयोग याचना गरि रहेको जनाए ।
समारोहमा प्राज्ञ सभा सदस्य कवि वियोगी बुढाथोकीलाई उनको साहित्यिक योगदानको कदर गर्दै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख अतिथि कार्यवाहक राजदूत क्षेत्रीले परिषदका वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र पूर्व कार्यकारिणी सदस्य कोहिनुर श्रेष्ठ मल्लद्वारा आआफ्ना स्वर्गीय मुमा बुबाका नाममा परिषदमा स्थापित ५ तोला चांदीको नेपाली साहित्य पुरस्कार पदक २०१५ र परिषदको साहित्य श्रव्यदृष्य सम्पादन र उत्पादनमा विशिष्ट योगदान पुर्याए वापत पुरस्कृत परिषदका युवा कार्यकारिणी सदस्य अभिमन्यु बैरागलाई सुशोभन गराए ।
परिषदका आजीवन सदस्य तथा पूर्व सहअध्यक्ष शंकर गैरे र आजीवन सदस्य श्रीमती लक्ष्मी गैरे सोन्ली टाउन काउन्सिलरमा विजयी भएकामा उनीहरूलाई परिषदबाट विशिष्ट सामाजिक अभिनन्दन गरिने प्रस्ताव कवि मल्लले गरेपछि सुशोभन सर्वसम्मत पारित गरिएको थियो ।
परिषदका संस्थापक तथा अध्यक्ष कवि साहित्यकार सुरेशजंग शाहको सभापतित्व भएको उक्त कार्यक्रममा उपाध्यक्ष कवि वीरेन्द्र कुंवरले स्वागत मन्तव्य दिए । महासचिव कवयित्री डा. सुधा श्रेष्ठले सञ्चालन रहेको उक्त समारोहमा पूर्व अध्यक्ष कवि तथा साहित्यकार हरिसिंह थापाले भानुभक्तीय रामायणको श्लोक वाचनबाट सभा आरम्भ गरेका थिए भने सल्लाहकार युवा समाजसेवी कवि कृष्ण भट्टले उक्त रामायणको श्लोक पढेरै समारोहको समापन गरेका थिए ।
समारोहमा जलपान तथा व्यवस्थापन तर्फ परिषदका वरिष्ठ व्यक्तित्वहरू डा.राघव प्रसाद धिताल ओबीई तथा डा.जनक कुमारी धिताल, हरिसिंह थापा तथा श्रीमती देव कुमारी थापा, घन बहादुर थापामगर तथा श्रीमती कृष्ण थापामगर, कोमल प्रसाद श्रेष्ठ मल्ल तथा कोहिनुर श्रेष्ठ मल्ल, वीरेन्द्र कुंवर तथा इन्दिरा कुंवर, रेशम अर्याल तथा श्रीमती सिता अर्याल, डा. सुधा श्रेष्ठ तथा रमेश श्रेष्ठ लगायत ए बी ई कलेजका प्रोप्राइटर कृष्ण भट्ट र पत्रकार एभरेस्ट गौतमप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा