कति कमजोर रहेछ भाग्य तिम्रो आंशु पुछ्न सकिन… गाइरहंदा वरिष्ठ गायक दीप श्रेष्ठ आफ्नो करिअरको सांगीतिक उचाइ बढिरहेकामा चाहिं ढुक्क थिए । म पत्थरको देवता होइन गाएका उनी त्यो स्थानलाई मन्दिर ठानिरहेका थिए ।
करिब ५ हजार माइल टाढाबाट आएका दीप दर्शकलाई सुनाउंदै थिए, म त दूरदेखि आएं तिम्रो नाम बोकेर..। द बिटल्स्ले टेकेको स्टेजमा उनी हर रात सपनीमा ऐठन हुन्छ गाएर माहोल भावुक बनाइरहेका थिए । आइतबार सांझ, लन्डन साउथ केन्जिङटनस्थित रोयल अल्बर्ट हलमा पहिलोपटक नेपाली गीत संगीत प्रस्तुत गरेर गायक श्रेष्ठसंगै अन्य नेपाली कलाकारले इतिहास रचे । ‘कार्यक्रम ऐतिहासिक भयो’, कन्सर्टका परिकल्पनाकार गायक योगेश्वर अमात्यले प्रतिक्रिया दिए, ‘त्यस्तो अन्तर्राष्टिय रंगमञ्चमा नेपाली संगीत गुञ्जंदा भावी पुस्तालाई पनि प्रेरणा मिल्नेछ ।’
अमात्यले दिनेश अधिकारीको लैजा चरी, जब सन्ध्या हुन्छ, मलाई प्यारो लाग्छ..जस्ता लोकप्रिय गीत गाएर दर्शक मन जिते ।
फ्रेंक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स्, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एण्ड इल्टन जोन जस्ता विश्वप्रसिद्ध कलाकारहरु उत्रिसकेको सन् १८७१ मा निर्मित पुरानो अल्बर्ट हल स्टेजमा अर्का भाग्यमानी गायक थिए पप लिजेन्ड ओमविक्रम बिष्ट । उनको म मौनतामा अल्झिरहेको एउटा जीवन…ले दर्शक मन जितिरहेको थियो । उनी गाउंदै थिए को हो त्यो जसले मलाई मोहनी लगायो । ‘कन्सर्ट सांच्चिकै अविष्मरणीय रह्यो’, नेपाली संगीतप्रेमी एक जना दर्शक विन्दु थापा भन्दै थिइन् । आफ्नो परिवार र साथीहरुका साथ कार्यक्रम हेर्न पुगेकी अर्की दर्शक मिरा गुरुङ रानाले मनोरन्जनसहित च्यारिटी गर्न त्यहां गएको बताइन् । सयौं दर्शक कन्सर्ट हेर्नकै लागि बेलायतका स्कटल्याण्ड, पिटरबरो, लिड्स, हेस्टिङ, कर्नवाल शहरबाट ओइरिएका थिए ।
‘नेपाली संगीत विस्तारको ढोका खुलेको छ’, कार्यक्रम उद्घोषणकै लागि लन्डन आएका वरिष्ठ सञ्चारकर्मी भूषण दाहालले भने, ‘संगीतलाई पेशा बनाउने हो भने संसारका यस्ता धेरै रंगमञ्चमा अवसर छ भन्ने कुरा अल्बर्ट कन्सर्टले गरेको छ ।’
करिब दुई हजार पांचसय दर्शक सहभागी उक्त च्यारिटी कन्सर्टमा
अन्य गायक गायिका दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य र तृष्णा गुरुङ पनि सामेल थिए ।
हेल्प नेपाल नेटवर्क यूकेले गरेको ‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नामको उक्त कन्सर्ट गोरखा जिल्लाका भूकम्प पीडितहरुको सहयोगार्थ हो । ४ हजार सिट क्षमता भएपनि कार्यक्रममा दर्शक सहभागिता अझ सोचेजस्तो नभएपछि कति रकम नेपाल जाने आयोजकले पछि भन्ने बताएका छन् ।
तस्विर सौजन्यः दिनेश परियार
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]